काठमाडौं । बाटाेमा हिडिरहेका सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चारैजना ट्राफिक प्रहरीकाे जिम्मेवारी खाेसिएकाे छ । कुटपिट गरेकाे घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको हाे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार कुटपिट तथा दुर्व्यवहारमा संलग्न चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ ।
उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीको भनाइ छ । प्रवक्ता गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो ।
यो घटना गत मंसिर ११ गतेको भएको प्रवक्ता गिरीले जानकारी दिए । ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई कुटपिट गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमा चर्चामा थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको माग गरेका छन् । भिडियोमा ट्राफिक प्रहरीले बुटले अनुहारमा हान्दै कागजपत्र फालेर दुर्व्यवहार गरेको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - २०:५१
जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...
जेष्ठ १ गते, २०८२ - २०:४२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...
जेष्ठ १ गते, २०८२ - २०:२९
काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...
जेष्ठ १ गते, २०८२ - २०:२३
पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...
जेष्ठ १ गते, २०८२ - २०:१८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् । नेपाली कांग...
जेष्ठ १ गते, २०८२ - २०:०९
प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...
जेष्ठ १ गते, २०८२ - २०:०५
काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
प्रतिकृया लेख्नुहोस्: