काठमाडौं । प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्।
आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा नआएकाहरुलाई कर्तव्यबोध गर्दै काठमाडौं आउन अपिल गरेका छन्।
उनले भनेका छन्, ‘काठमाडौं आउन बाँकी रहनुभएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगिसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नुभएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईँलाई घोच्दैन ? आफ्नो कर्तव्यबोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला।’
सुवेदीले आफूहरू अन्तिम लडाइँंमा रहेको र यसमा सबैको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गरेका छन्। महासंघले आइतबारे बेलुकी विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा आफूहरूसँगै उभिन सबै पेशागत संस्था, शिक्षा सरोकार समूहलगायतलाई आग्रह गरेको थियो।
आइतबारको झडपमा पाँच प्रहरी र एक पत्रकारसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ। महासंघले आज पनि बिहान ११ बजेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलनको कार्यक्रम जारी रहने महासंघले जनाएको छ।
अग्रगामी विद्यालय शिक्षा ऐनविना आफूहरू कार्यक्षेत्रमा नफर्किने महासंघका अध्यक्ष सुवेदीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: