Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मधेशमा बालिका सम्मेलन २०८२ सुरु

खबरडबली संवाददाता

जनकपुरधाम । सक्षम बालिका : समृद्ध मधेश मुलनाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा बाल विवाह विरुद्ध प्रदेशस्तरीय संजाल मधेश प्रदेशको आयोजनामा सुरु भएको बालिका सम्मेलनको एक कार्यक्रमबिच मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बाल बालिकाहरुको हक अधिकार सुनिश्चित्ताको लागि निमार्ण भएका ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए । उनले समाज रुपान्तरणको सवालमा प्रदेश सरकारले दृढताका साथ कामकाजलाई अगाडी बढाएको भन्दै बालिकाहरुको हकअधिकारका लागि प्रदेश सरकारले मधेश प्रदेशमा बालिका संरक्षण ऐन ल्याएको बताए । 

उनले बालिका संरक्षण ऐनको कार्यान्वयनका लागि महाअभियान स्वरुप प्रदेश सरकारले अगामी आर्थिक वर्षबाट बेटी जिन्दावाद कार्यक्रम संचालन गर्न लागेको बताए । उनले बालविवाह, भागिविवाह, दहेजप्रथा, बोक्सी प्रथा जस्ता कुरुतीहरुको कारण मधेश प्रदेश बदनाम हुने गरेको भन्दै यस्ता कुरीतिहरुको विरुद्धमा हामी सबै लाग्नु पर्नेमा उनले जोड दिए । उनले समाज रुपान्तरण्को सवालमा तिनै तहका सरकारले विभिन्न खालका कानूनहरु निमार्ण गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका साथसाथै सरोकारवाला सबैको सहयोग आवश्यक भएको बताए । 

किशोरी समुह सिरहाका किशोरी गुन्जा कुमारी ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशसभाको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिका संयोजक रुपा यादव, नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य रिना यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह सहितकाले बाल बालबालिको अधिकार सुनिश्चित्ताको लागि निमार्ण भएका कानुनहरुको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए । 

लाइफ नेपाल, हाम्रो प्रयास, सखी, महिला सचेतना समुह, दलित विकास मञ्च, मुक्ति नेपाल र परिकल्पना नेपाल सह आयोजक रहेको उक्त सम्मेलनमा मधेश प्रदेशको आठवटै जिल्लाका किशोरीहरुको सहभागिता रहेको छ । कार्यक्रममा बालविवाह, भागी विवाह, दहेज प्रथा तथा भेदभाव विरुद्ध इजोत नामक मञ्चान गरिएको थियो । 

दुई दिनसम्म चलने उक्त सम्मेलनमा किशोरीहरुको हक अधिकारको सवालमा विभिन्न सत्रमा विभिन्न प्रकारका छलफल पश्चात जनकपुरधाम घोषणापत्र जारी गर्दै बिहिबार सम्मेलन सम्पन्न हुने लाइफ नेपाल जनकपुरधामका अध्यक्ष सुरैत ठाकुरले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending