Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

भारतबाट अब दिनहुँ १५ घण्टा बिजुली

खबरडबली संवाददाता

काठमाडौं । भारतबाट दैनिक १५ घण्टा बिजुली आयात हुने भएको छ । शुक्रबारदेखि बिहान ६ देखि साँझ ५ (सोलार आवर) र राति २ देखि बिहान ६ बजेसम्म बिजुली आयात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट दिनहुँ ६ सय मेगावाट बिजुली १५ घण्टा आयात गर्ने अनुमति दिएको हो । गत चैत १५ यता प्राधिकरणले बिहान ६ देखि साँझ ५ सम्म र राति ११ देखि बिहान ४ बजेसम्म गरी दिनहुँ १६ घण्टा बिजुली आयात गर्दै आएको थियो ।

भारतबाट बिजुली आयात गर्ने समय एक घण्टा कम भएको स्वीकार गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जुनसम्म बिजुली आयात गर्न दिएकामा धन्यवाद दिए । ‘हामीलाई अभाव हुने मे र जुनसम्म दुई महिनाका लागि भारतबाट बिजुली आपूर्ति विस्तार गरिएको छ,’ उनले भने, ‘हामीलाई आवश्यकताका बेलामा भारतले सहयोग गरेको छ, एक घण्टा कम भए पनि थप दुई महिना बिजुली आपूर्ति जारी राखेकामा धेरै आभारी छौं । हाम्रो खोलानालाको बहाव बढ्दै छ । त्यसले आन्तरिक उत्पादन पनि बढाउँछ ।’

बिहीबारसम्म दिनहुँ १६ घण्टा बिजुली आयात गर्न पाइन्थ्यो । अब १५ घण्टा मात्रै बिजुली आयात गर्न पाइने उनको भनाइ छ । मुलुककै नदीनालामा बहाव बढेको र आन्तरिक उत्पादनसमेत वृद्धि भइरहेको उनले जनाए । आयातित बिजुली र आन्तरिक उत्पादन बढ्दो क्रममा रहेकाले अब औद्योगिक क्षेत्रमा हुने बिजुली कटौती हुने क्रम घट्दै जाने शाक्यले बताए ।

भारतबाट टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात भइरहेको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा थियो । गत चैत ३ देखि सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति थियो । भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ ।

यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट ३५० मेगावाट बिजुली आयात गर्न पाइन्छ । तर अहिले २ सय मेगावाट मात्रै आयात भइरहेको शाक्यले जनाए । बढ्दो तापक्रम, इन्डियन प्रिमियर लिग (आईपीएल) र बिहारमा चुनाव र का कारण भारतमै बिजुलीको माग बढ्दा उसले आनुपातिक आधारमा मात्रै बिजुली दिइरहेको शाक्यले बताए ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको भनाइ छ ।

औद्योगिक क्षेत्रको मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसक्दासम्म भारतबाट अधिकतम मूल्यमा समेत आयात गर्ने प्रयास गरिएको छ ।

नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अपठ्यारो परिस्थितिमा आगामी जुनसम्म भारतले बिजुली आयात गर्न दिएको प्राधिकरणले जनाएको छ । औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत उपलब्धतालाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको प्राधिकरणको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

‘औद्योगिक क्षेत्रको मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको छ । यसले औद्योगिक ग्राहकमा देखिएको समस्या पनि समाधान हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending