Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कुवा पँधेरा छाडेर धारामा आइपुग्दा पानीका मुहान सुक्न थाले

खबरडबली संवाददाता

बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन । कुवा पँधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ ।

गाउँपालिकामा भएका धाराको मुहान सुकेपछि शिवनाथ गाउँपालिका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । गाउँ गाउँमा सडक निर्माण हुँदा अधिकांश कुवा मासिएका छन् । भएका सबै मुहान सुकेपछि महाली नदीबाट पानी तान्न ४० करोड रुपियाँको लिफ्ट खानेपानी योजनाको अध्ययन भइरहेको छ । यति ठुलो योजना गाउँपालिका र प्रदेश सरकारले बनाउन नसक्ने भएपछि सङ्घीय सरकारसँग योजना माग गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले जलवायु परिवर्तन, डोजरले सडक निर्माण र सल्लाको वन बढेकाले पानीको सङ्कट चुलिएको बताए । 

शिवनाथ मात्रै होइन, देन्वालो (भगवतीको कुवा) रहेको मेलौली नगरपालिकामा पानीका मुहान सुकेपछि सुर्नया नदीबाट सौर्य ऊर्जाको प्रयोगले पानी तानेर नगरपालिका–१ को बजारक्षेत्रमा पानीको जोहो गरिएको छ । मेलौली नगरपालिका–९ का ४७० स्थानीयवासी, विद्यालय र स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको मर्छले खोलाको मुहान सुकेपछि धारामा पानी आउन छाडेको स्थानीय सुरेन्द्रप्रसाद भट्टले बताए । विकल्पमा स्थानीयले मेलघट–केदारमाडौँ लिफ्ट खानेपानीको माग गरेको उनले बताए । 

देन्वालो (मौलिक कुवा) भएकै अर्को दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँ आसपासका क्षेत्रमा पानीका मूल सुकेपछि लिफ्ट खानेपानी योजना अघि बढाइएको छ । बस्तीनजिकका मुहान सुकेपछि जिल्लाभरि अहिले सानाठुला गरेर एक सयभन्दा बढी लिफ्ट खानेपानीका योजना बनेका छन् । जिल्लाका मुख्य ठुला बजार खोड्पे, पाटन, मेलौली, देहिमाण्डौँ र बैतडी सदरमुकाममा अहिले उपभोक्ताबाट मासिक शुल्क लिएर लिफ्ट खानेपानी सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन बैतडी कार्यालयका प्रमुख गोविन्द देवकोटाले बताए । उनले जिल्लाका अधिकांश ठाउँमा पानीका मुहान सुकेपछि साना नदीबाट मोटरको सहायताले पानी तान्नुपर्ने अवस्था सिर्जना भएको बनाए । 

कार्यालयमार्फत चालु आवमा बैतडी र दार्चुलामा ३४९ वटा खानेपानीका योजना छन् । खानेपानीका व्रmमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना व्रmमागत योजना छन् । यीमध्ये अधिकांश लिफ्ट खानेपानीका योजना रहेको उनले बताए । गाउँबस्तीमा भएका मुहान सुकेपछि नयाँ खानेपानी योजना निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आवमा  बैतडी र दार्चुलामा ४७ करोड रुपियाँ खर्च गर्दै छ ।

केही वर्षअघि कलकल बग्ने सिगास गाउँपालिका–१ को जुकेपानी र ढाँणा खोला अहिले सुकेको छ । स्थानीयले सो क्षेत्रमा खोटे सल्लाको वन बढेपछि मुहान सुकेको बताए पनि अध्ययन हुन सकेको छैन । सिगास गाउँपालिका–१ का स्थानीय जयराम विश्वकर्माले बाँझ र लालीगुँरास हुने ठाउँमा सल्लाको वन बढ्न थालेपछि मुहानमा पानी घट्दै गएको बताए । 

डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार जिल्लामा कुल ८७ हजार हेक्टर वन क्षेत्रमध्ये खोटे सल्लाको वन मात्रै ३३ हजार हेक्टरभन्दा बढी छ । पानी सञ्चित गरेर जमिनलाई चिस्यान बनाएर राख्ने चौडा पात भएको वनक्षेत्र जम्मा सात हजार हेक्टर मात्रै रहेको पाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending