Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

फेरि निवासबाटै शासन गर्न उद्यत प्रधानमन्त्री ओली

मन्त्रिपरिषद् र दलको बैठकदेखि राज्यमन्त्रीको शपथसम्म बालुवाटारमै

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बारम्बार दोहोर्‍याउने शब्द हुन्– सदाचार, नैतिकता र सुशासन । तर, उनले व्यवहारमा बारम्बार देखाउने प्रवृत्ति हो स्वेच्छाचारी । यही प्रवृत्ति दोहोर्‍याउँदै उनी फेरि निवासबाटै शासन चलाउन उद्यत छन् । मन्त्रिपरिषद् बैठक, दलको बैठक हुँदै राज्यमन्त्रीको शपथग्रहणसम्म निवासमै गर्न थालेका छन् । 

राज्य सञ्चालनका लागि प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा छ । अस्वस्थता वा भैपरी आउने अवस्थाबाहेक कार्यालयबाटै सरकारी कामकाज गर्नु र पार्टी बैठक पार्टी कार्यालयमै डाक्नु नैतिक र शोभनीय हुन्छ । तर, प्रधानमन्त्री ओलीले बालुवाटारबाट चार किलोमिटर दूरीको सिंहदरबारस्थित सरकारी कार्यालय र सात किलोमिटर दूरीमा रहेको च्यासलस्थित पार्टी कार्यालयको सट्टा निवासलाई नै कार्यकारी अभ्यासस्थल बनाउन थालेका छन् । पछिल्लोपटक ओली प्रधानमन्त्री भएयता बसेका मन्त्रिपरिषद्का ५० मध्ये २३ बैठक बालुवाटारमै बसेका छन् । शनिबार मात्रै एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्यो ।

आइतबार ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजालाई प्रधानमन्त्री ओलीले बालुवाटार निवासमै शपथ खुवाए । विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कूलमान घिसिङको बर्खास्तीको विपक्षमा उभिएका पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई हटाएपछि १७ वैशाखमा गर्बुजा नियुक्त भएका थिए । १९ वैशाखमै उनको शपथको कार्यक्रम तय गरिएको भए पनि नीति तथा कार्यक्रमको तयारीले समय अभाव भएको भन्दै स्थगित गरिएको थियो ।

१९ वैशाखमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ताका लागि बोलाएका थिए । तर, पछि सरकारी निवास बालुवाटारमा स्थान सारिएको खबर आएपछि प्रचण्ड व्यस्तताको कारण देखाउँदै उपस्थित भएनन् । कूटनीतिक रूपमा उनले ‘ओली शैली’को विरोध जनाएको निकटस्थ स्रोत बताउँछ । 

अघिल्लोपटक प्रधानमन्त्री हुँदा तत्कालीन नेकपाकालमा पनि ओलीले मन्त्रिपरिषद् बैठकदेखि पार्टीका बैठकसम्म बालुवाटारमै राख्न थालेपछि सार्वजनिक रूपमै उनको स्वेच्छाचारी शैलीको व्यापक विरोध भएको थियो । यसपटक प्रधानमन्त्री भएको केही दिनमै १७ साउनमा उनले पार्टीका बैठक सरकारी निवासमा नगर्ने घोषणा गरेका थिए । तर, आफ्नै घोषणाविपरीत अघि बढ्न थालेका छन् । 

देशको कार्यकारीले नियमित रूपमा देश सञ्चालनको काम निवासबाटै गर्नु ‘मैले जे गर्दा पनि हुन्छ भन्ने स्वेच्छाचारी शैली’बाट प्रेरित रहेको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको टिप्पणी छ । ‘कहिलेकाहीँ स्वास्थ्यका कारणले या तत्काल कार्यालय समयबाहिर पनि बैठक बस्नुपर्ने बाध्यात्मक परिस्थितिमा निवासमा मन्त्रिपरिषद् बस्ने कुरालाई अन्यथा भन्न मिल्दैन । तर, अहिलेका प्रधानमन्त्रीलाई यी कुराहरूसँग मतलब देखिँदैन । मैले जे गर्छु, त्यही नै नियम बन्छ, अरूले पनि त्यसलाई अनुशरण गर्नुपर्छ भन्ने जस्तो उहाँको कार्यशैली छ, अहिले बैठकहरू राख्ने कुरामा उहाँको त्यही शैली दोहोरिएको मात्र हो,’ पोखरेलले भने, ‘सरकारी कार्यालयबाट गर्नुपर्ने काम निवासबाट गर्नु युक्तिसंगत छैन । यद्यपि, यो कानुनसँगै जोडिएको बाध्यकारी विषय त होइन, तर नैतिकता र व्यक्तिको कार्यशैलीसँग जोडिएको विषय भने अवश्य नै हो ।’

पूर्वमुख्यसचिव विमल कोइरालाले प्रधानमन्त्रीले आफ्नो निवासमा मन्त्रिपरिषद्को बैठक राख्नु बलमिच्याइँ भएको बताए । ‘प्रधानमन्त्री कार्यालयमा नराखी निवासमा मन्त्रिपरिषद् बैठक राख्नु बलमिच्याइँ हो । आफ्नो व्यक्तिगत महत्व बढाउन खोजिएको होला । यसले राम्रो गर्दैन । म मुख्यसचिव हुँदा प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बसेको सम्झना नै छैन । भोलि मन्त्रीले सचिवलाई घरमा बोलाएर काम गराए के हुन्छ ? प्रधानमन्त्रीले क्याबिनेट आफ्नो निवासमा बसाउनु र मन्त्रीले निवासमा सचिव बोलाएर काम लगाउनु उस्तै कुरा हो,’ उनले भने, ‘सिकिस्त बिरामी परेको वा यस्तै अवस्थामा निर्णय नगरी नहुने स्थितिमा मात्र निवासमा मन्त्रिपरिषद् बैठक राख्ने कुरा स्वाभाविक होला । नत्र त यो राम्रो होइन ।’

संसदीय दलको बैठक पनि बालुवाटारमै 

राज्यमन्त्रीको शपथ र क्याबिनेट बैठक मात्र होइन, पछिल्लोपटक प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको बैठक पनि सरकारी निवास बालुवाटारमै राखेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित रहेर छलफल गरेको थियो । 

प्रधानमन्त्रीको सचिवालयले भने सधैँ संसद् भवन बानेश्वरमै दलको बैठक बस्दै आए पनि पूर्ववत् रूपमा प्रयोग गर्दै आएको हल त्यही दिन अर्को दल कांग्रेसले ‘बुक’ गरेर बैठक राखेको र अन्त तत्काल सम्भावना नभएपछि बालुवाटारमै राखिएको जनाएको छ । सिंहदरबार, बालुवाटार या बानेश्वरमा जहाँ संसदीय दलको बैठक राख्दा पनि सरकारले उपलब्ध गराएकै हलमा बैठक हुने भएकाले प्रश्न उठ्नुको कुनै अर्थ नभएको सचिवालयको भनाइ छ । 

‘एमालेको संसदीय दलको बैठक सधैँ संसद् भवन नयाँ बानेश्वरमै बस्थ्यो । तर, यसपटक सधैँ प्रयोग हुने हल कांग्रेसले ‘बुक’ गरेर बैठक राखेका कारण सांसद अट्ने हल तत्काल अन्त पाइएन । त्यसैले बालुवाटारमा राखिएको हो,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘संसद् भवन बानेश्वर बसे पनि, संसदीय दलको कार्यालय सिंहदरबार बसे पनि या बालुवाटार, जुनसुकै स्थानमा बस्दा पनि संसदीय दलका बैठकहरू त सरकारले उपलब्ध गराएको सरकारी निवासमै हुने भएकाले यो त्यति ठुलो प्रश्न उठाउनुपर्ने या उठ्नुपर्ने विषय नै होइन । बरु विगतमा कतिपय प्रधानमन्त्रीहरूले सरकारी खर्चमा रिसोर्टमा रातिराति बैठक गरेका विषयहरू पनि छन्, तर ती बाहिर नआएकाले बरु त्यस्ता विषयमा प्रश्न उठाउनु बढी सान्दर्भिक र स्वाभाविक हुन्छ ।’

ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएयता एमालेले पछिल्लो एउटा संसदीय दलको बैठकबाहेक १५ दिनमा नियमित बस्ने केन्द्रीय सचिवालय बैठक भने पार्टी केन्द्रीय कार्यालय च्यासलमै राखेको छ । पार्टी भवन बाढीले डुबानमा परेपछि १७ साउनको एउटा सचिवालय बैठक भने बसेरा होटेल सिंहदरबारमा बसेको थियो । उनी प्रधानमन्त्रीमा नियुक्त भएयता बसेको केन्द्रीय कमिटी र स्थायी कमिटीको दुई बैठक पनि पार्टी कार्यालय च्यासलमै बसेको छ । यद्यपि, गत ८ माघको एउटा केन्द्रीय सचिवालयको अनौपचारिक बैठक भने प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमै बसेको थियो । 

मन्त्रिपरिषद्का ५० बैठक, २३ बालुवाटारमा

पछिल्लोपटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि १७ वैशाखसम्म मन्त्रिपरिषद्का ५० बैठक बसेका छन् । त्यसमध्ये २३ बैठक उनले आफ्नो सरकारी निवास बालुवाटारमा राखेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले पहिलो बैठक ३१ असारमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै बसालेका थिए । त्यसयता भदौमा एक, असोजमा दुई, कात्तिकमा एक, मंसिरमा चार, पुसमा तीन, माघमा दुई, फागुनमा चार, चैतमा दुई र वैशाखमा चार बैठक बालुवाटार निवासमा राखेका छन् । 

बालुवाटारमा बसेका बैठक– वैशाख : २, ८, १५ र १७ । चैत : ४ र १८ । फागुन : ६, १२, २१ र २६ । माघ : २१ र २८ । पुस : ९, २३ र २६ । मंसिर : ३, १६, २७ र २८ । कात्तिक : २६ । असोज : १४ र २१ । भदौ : २४  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending