गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका अनुसार, गाजा सहरको उत्तरमा रहेको अल–करामा क्षेत्रमा आवासीय भवनहरूमा गरिएको बम आक्रमणपछि १५ वटा शव फेला परेका छन् र १० जना भन्दा बढी मानिसलाई जीवितै उद्दार गरिएको छ । सोही क्षेत्रमा बम प्रहारबाट थप पाँचजनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।
गाजाको उत्तर भाग बेइत लाहियामा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा दुई जनाले ज्यान गुमाएका छन् ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले चालु वर्षको मार्च १८ गतेदेखि फेरि आक्रमण सुरु गरेयता हालसम्म दुई हजार ४५९ जनाको ज्यान गएको छ भने छ हजार ५६९ जना घाइते भएका छन् ।
गत वर्षको मार्चदेखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ५२ हजार ५६७ पुगेको छ । इजरायली सेनाले भने आइतवार खान युनिस क्षेत्रमा हमासद्वारा इजरायलतर्फ प्रक्षेपणको तयारीमा राखिएका रकेटहरू ध्वस्त पारिएको दाबी गरेको छ । यता, हमासको सशस्त्र समूह अल–कस्साम ब्रिगेड्सले इजरायली इन्जिनियरिङ समूहमाथि खान युनिसको पूर्वी सिमानामा रहेको अल–फराहिन क्षेत्रमा आक्रमण गरिएको जनाएको छ ।
उनीहरूले पहिला गोली प्रहार गरेको बताएका छन् । यस घटनामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले गाजाको दक्षिण भागमा रहेको किसुफिम नाका हुँदै रिहा गरिएका १० जना प्यालेस्टिनी बन्दीहरूलाई देइर अल–बालाहस्थित अल–अक्सा शहीद अस्पतालमा पुर्याएको छ ।
रेडक्रसका अनुसार ती बन्दीहरूलाई आफ्ना परिवारसँग भेट गराइएको र स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...




प्रतिकृया लेख्नुहोस्: