Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

इजरायली आक्रमणमा परी गाजामा २९ जनाको मृत्यु

खबरडबली संवाददाता

गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका अनुसार, गाजा सहरको उत्तरमा रहेको अल–करामा क्षेत्रमा आवासीय भवनहरूमा गरिएको बम आक्रमणपछि १५ वटा शव फेला परेका छन् र १० जना भन्दा बढी मानिसलाई जीवितै उद्दार गरिएको छ । सोही क्षेत्रमा बम प्रहारबाट थप पाँचजनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।

गाजाको उत्तर भाग बेइत लाहियामा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा दुई जनाले ज्यान गुमाएका छन् ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले चालु वर्षको मार्च १८ गतेदेखि फेरि आक्रमण सुरु गरेयता हालसम्म दुई हजार ४५९ जनाको ज्यान गएको छ भने छ हजार ५६९ जना घाइते भएका छन् । 

गत वर्षको मार्चदेखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ५२ हजार ५६७ पुगेको छ । इजरायली सेनाले भने आइतवार खान युनिस क्षेत्रमा हमासद्वारा इजरायलतर्फ प्रक्षेपणको तयारीमा राखिएका रकेटहरू ध्वस्त पारिएको दाबी गरेको छ । यता, हमासको सशस्त्र समूह अल–कस्साम ब्रिगेड्सले इजरायली इन्जिनियरिङ समूहमाथि खान युनिसको पूर्वी सिमानामा रहेको अल–फराहिन क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । 

उनीहरूले पहिला गोली प्रहार गरेको बताएका छन् । यस घटनामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले गाजाको दक्षिण भागमा रहेको किसुफिम नाका हुँदै रिहा गरिएका १० जना प्यालेस्टिनी बन्दीहरूलाई देइर अल–बालाहस्थित अल–अक्सा शहीद अस्पतालमा पुर्‍याएको छ । 

रेडक्रसका अनुसार ती बन्दीहरूलाई आफ्ना परिवारसँग भेट गराइएको र स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: