विराटनगर । कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली काँग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ ।
सत्ता साझेदार दल नेपाली काँग्रेससँग कुनै सल्लाह नगरेको भन्दै नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ असन्तुष्ट देखिदै आएका छन् । यद्यपि असन्तुष्टिको विषय भने उनले स्पष्ट गरेका छन् ।
सरकारले प्रदेशमा लगानी सम्मेलन, पर्यटन वर्ष आयोजना गर्दा तथा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटबारे समेत मुख्यमन्त्रीले कुनै सल्लाह र छलफल नगरेकोमा उनि असन्तुष्ट देखिएका छन् । उनले नेकपा (एमाले)ले प्रदेश सरकार एकलौटी चलाएको उल्लेख गरेका छन् ।
‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर विमती छ’’ उनले लेखेका छन्, ‘‘यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’’ सांसद् तामाङले काँग्रेस संसदीय दलका नेता उद्धव थापा, काँग्रेस झापा सभापति देउमान थेबेसपहितका नेताहरुलाई ट्याग गरेर सरकारप्रति अक्रोश व्यक्त गरे ।
कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली काँग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । सरकारको कामप्रति यसअघि काँग्रेस संसदीय दलमा पनि प्रश्न उठेको थियो ।
प्रमुख सचेतक तामाङले सरकारले कुनै सल्लाह नगरी काम गरेकोले सार्वजनिक रुपमा टिप्पणी गरेको र त्यो आफ्नो नितान्त व्यक्तिगत विचार भएको पनि उनले बताए । ‘‘यो मेरो व्यक्तिगत विचार हो । मलाई सरकारले गरेको कामका बारेमा लेखेको हो’’ उनले भने ‘‘यो दलको धारणा भने होइन ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: