Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ ।

जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो । तर मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले गति गुमाउँदै गरेको देखिन्छ ।

“यदि त्यो ‘अस्थिर’ मन्दी नयाँ सामान्य बन्यो भने सन् २०३० सम्ममा मानव विकासको स्तर हासिल गर्ने आशा दशकौँसम्म तल झर्न सक्छ जसले हाम्रो विश्वलाई कम सुरक्षित, बढी विभाजित र आर्थिक र पारिस्थितिक आघातको जोखिममा पार्न सक्छ”, युएनडिपीका प्रमुख अचिम स्टेनरले चेतावनी दिए । 

हालै केही देशले घोषणा गरेको अन्तर्राष्ट्रिय सहायतामा गम्भीर कटौती – विशेष गरी संयुक्त राज्य अमेरिकामा, जहाँ ट्रम्पले कार्यक्रमहरू कटौती गरेका छन् । र मुलुकको मुख्य विदेशी विकास शाखा युएसएआइडी (युएसएड) लाई विघटन गर्नुभएको छ– ले यस समस्यालाई अझ बढाउने स्टेनरले एएफपीलाई एक अन्तर्वार्तामा बताए । 

“यदि धनी देशहरूले विकासका लागि कोष दिन रोके भने, यसले अन्ततः अर्थतन्त्र, समाजलाई असर पार्नेछ र मलाई लाग्छ यसले मानव विकास सूचकाङ्क, कम आयु, घट्दो आय, थप द्वन्द्वको रेखामा एक वा दुई वर्ष तल पनि दर्ता गर्नेछ”, उनले भने । युएनडिपी विशेषज्ञहरू अझै सन् २०२४ मा देखिएको मन्दीको अन्तर्निहित कारणहरूबारे निश्चित छैनन् । तर उनीहरूले कम आयुमा प्रगतिको कमीलाई एक प्रमुख कारक पहिचान गरेका छन्, जुन कोभिडको दुष्प्रभावसँग वा विश्वभर बढ्दै गएका युद्धहरूसँग जोडिएको हुन सक्छ ।

त्यहाँ आशाको सम्भावित झलक छः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विकास सुरु गर्ने अवस्था सिर्जना गर्न सक्ने युएनडिपीले सुझाव दिएको छ । “एआई व्यक्तिगत अर्थतन्त्रको विकास गर्न सम्भवतः सबैभन्दा ठुलो सम्भावित केन्द्रविन्दु हो, तर गरिब मानिसहरू, धनी मानिसहरू पनि फरक मार्गमा छन् । यसले हाम्रो जीवनको लगभग हरेक पक्षलाई परिवर्तन गर्नेछ”, स्टेनरले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending