Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

ताप्लेजुङमा वाइसिएल नेपालकाे सम्मेलन सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रुपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङको सम्मेलन सुरु भएको हो । वाइसिएल नेपालको तेस्रो जिल्ला सम्मेलन मङ्गलबार अपराह्नपछि सदरमुकाम फुङ्लिङमा सुरु भएको हो ।

नयाँ नेतृत्व चयन गर्नेगरी सुरु भएको जिल्ला सम्मेलनको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले उद्घाटन गरेका छन् । सम्मेलन उद्घाटन कार्यक्रममा वाइसिएल नेपालका उपाध्यक्ष एवम् माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय मिङ्माडण्डु शेर्पा, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय पर्शुराम कार्की उपस्थित छ । 

यस्तै वाइसिएलका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी (कर्म), माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, प्रदेश कमिटीका सदस्य लगायतका पार्टी तथा सङ्गठनका नेतृत्वहरुको उपस्थिति रहेको छ । सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुअघि र्‍याली आयोजना गरी फुङ्लिङ बजार परिक्रमा गरिएको थियो । भ्रष्टाचार नियन्त्रण गर, विकृति विसङ्गति नियन्त्रण गरजस्ता र्‍यालीमा नारा लगाइएका थिए ।

यता सकेसम्म सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नेगरी सम्मेलन सुरु गरिएको वाइसिएलका जिल्ला अध्यक्ष कैलास माबोले जानकारी दिए । सम्मेलन उद्घाटनमा शुभकामना मन्तव्य राख्नुहुने वक्ताले पनि नयाँ नेतृत्व तथा कार्यसमिति सर्वसम्मत बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष माबोका अनुसार सम्मेलनमा ३०० बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमडौँ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलि...

स्पा र गेस्टहाउसमा प्रहरी छापा, पाँचजना पक्राउ

काठमाडाैं । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिको काममा  लगाएको आरोपमा प्रहरीले काठमाडौंका स्पा र गेस्टहाउसमा छापा हानेर पाँचजनालाई पक्राउ गरेको छ ।...

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending