Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८२ बुधबार | 14th May, 2025 Wed
Investment bank

स्टार्टअप बिजनेसमा ६६१ उधमीका लागि राज्यकाे १ अर्ब लगानी

खबरडबली संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिए ।

नेपाल जेसिजद्वारा काठ्माण्डौँमा आयोजित “क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५” मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताए । उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । 

“गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौँ भने यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भएका छन् । यो कार्यक्रम निरन्तर जारी रहन्छ,’ उनले भने ।

उनले नविनतम् सोच भएका युवा उद्यमीहरूलाई विना धितो न्यून ब्याजदर मा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए । गत बर्ष बैंकको जागिर छोडेर समेत स्टार्टअप कर्जा लिएका उद्यमीले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेकोसमेत उनले जानकारी दिए । उद्यमशीलताका लागि सरकारले नीतिगत सहुलियत दिँदै आएकोसमेत उनले बताए ।

उनले उद्यमशीलता र युवा नेतृत्व विकासका लागि सरकार युवाहरूको साथमा रहेको बताए । युवा उद्यमीहरू देशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्ने बताउँदै सरकारले नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गरे ।उनले भने, “युवाको सृजनशीलता र दृढ सङ्कल्पले हाम्रो अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन सक्छ । यसका लागि हामीले ’युवा उद्यमशीलता तथा रोजगार कोष’, ’स्टार्टअप फन्ड’ र ’इनोभेसन ग्रान्ट’ जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ ।” 

उनले विश्वमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स जस्ता नवीनतम प्रविधिहरूले व्यापार र उद्योग क्षेत्रमा आमूल परिवर्तन ल्याइ रहेकोसमेत बताएका छन् । “यस्तो परिवर्तनशील परिवेशमा, हामीले हाम्रा युवा उद्यमीहरूलाई नवीनतम प्रविधि र व्यावसायिक मोडेलहरूसँग परिचित गराउनुपर्छ । उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा टिक्न सक्ने क्षमताले सुसज्जित बनाउनुपर्छ । यसका लागि, सरकारी निकाय, निजी क्षेत्र र जसेजी जस्ता संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको छ, ” उनले भने ।

उनले आफ्नो मन्त्रालय युवा उद्यमीहरूलाई प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार विस्तारमा सहयोग पु¥याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले “मेड इन नेपाल“ अभियानलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने हाम्रो रणनीति रहेको बताए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भण्डारी प्रमुख अतिथि रहेका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...

बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।  बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाकाे मृत्यु

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले...

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुप...

सहकारी नियमन प्राधिकरण डेढ महिनाभित्र गठन गर्न परमादेश

काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनका लागि परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसमेतले दायर गरेको रिट...

सहकारी ठगीको अभियोगमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्ने आदेश

काठमाडाैं । सहकारी ठगीको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।  जिल्ला अदालत, काठमाडौंका ...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको ...

बेलायतको श्रम बजारमा मन्दी : तलब वृद्धिमा गिरावट

लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर के...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending