Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकार फेरिएसँगै रोकिएको भुटानी शरणार्थी प्रकरणको अनुसन्धान ठप्प

खबरडबली संवाददाता

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथिको अनुसन्धान १० महिनादेखि जहाँको तहीँ छ । गत वर्ष १४ असारमा मुख्य बिचौलिया बेचन झा पक्राउ परेका थिए । उनीमार्पmत त्यसमा संलग्न थप उच्च तहका व्यक्तिहरू खुल्ने अपेक्षा थियो । तर, नयाँ सरकार बनेसँगै यो प्रकरणमा थप प्रगति छैन । बरु, अनुसन्धान नै ठप्प छ ।

झा पक्राउ परेसँगै गत वर्ष असारमा सरकार परिवर्तनको दौडधुप सुरु भएको थियो । झा पक्राउको भोलिपल्टै कांग्रेस र एमालेबिच सरकार बनाउने सहमति भयो । ३० असारमा केपी ओली प्रधानमन्त्री नियुक्त भए । 

त्यतिवेला झा पक्राउ पर्नु र सरकार परिवर्तन हुुनु संयोग मात्र नभएको प्रहरी अधिकारी बताउँछन् । झामार्पmत थप उच्च राजनीतिक व्यक्ति पनि तानिने भएपछि सरकार नै ढालिएको दाबी माओवादी र रास्वपाका नेताहरूले गर्दै आएका छन् । 

झाले नै गृह मन्त्रालय र उच्च तहको राजनीतिक नेतृत्वबिच समन्वय गरेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो । तर, सरकार फेरिएसँगै सामान्य सोधपुछ मात्र गरिँदा यसमा संलग्न उच्च तहका व्यक्तिहरू अनुसन्धानको दायरामा आउन सकेका छैनन् । 

जबकि यसमा पूर्वगृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, प्रधानमन्त्री ओलीका पिए राजेश बज्राचार्यसम्मको नाम बिचौलियाले बयानका क्रममा लिएका थिए । त्यसैगरी आरजु देउवा र मञ्जु खाणसँग पनि ‘सेटिङ मिलाएको’ भन्ने व्यहोराका अडियोसमेत सार्वजनिक भएका थिए । ती विषयमा अझै अनुसन्धान हुन सकेको छैन । 

कांग्रेस नेता रमेश लेखक गृहमन्त्री बनेसँगै शरणार्थी प्रकरणमाथिको अनुसन्धान अघि बढेको छैन । घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रमुख एसएसपी बसन्त रजौरेले झाको मोबाइल फरेन्सिक परीक्षणका लागि प्रयोगशाला पठाएका थिए । परीक्षणका क्रममा नयाँ तथ्य खुल्दै थियो । परीक्षणपछि पोल खुल्ने डरले अनुसन्धानलाई बीचैमा थाति राखिएको स्रोतको दाबी छ । 

पहिलो चरणमा प्रहरीले ३० जनाविरुद्ध १० जेठ ०८० मा मुद्दा दायर गरेको थियो । त्यतिखेर प्रमाण नपुगेका उच्चपदस्थविरुद्ध दोस्रो चरणमा अनुसन्धान गरिने बताइए पनि त्यसो हुन सकेन । सरकार फेरिएपछि प्रहरीले बेचन झासँग सामान्य सोधपुछ मात्रै गरेर मुद्दा दायर गरेको थियो । 

‘भुटानी शरणार्थी अनुसन्धान प्रकृया अघि बढेको छैन । जुन विन्दुमा अनुसन्धान रोकिएको थियो, अहिले पनि त्यहीँ छ । माथिको आदेश आयो भने नयाँ ढंगले अघि बढ्छ,’ काठमाडौं परिसर स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

प्रहरीको इतिहासकै हाई प्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए । 

त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, बेचन झा र प्रतीक थापा मात्र हाल पुर्पक्षका लागि कारागारमा छन् । तर, घटनामा प्रत्यक्ष जोडिएका पूर्वगृहमन्त्री खाण भने धरौटीमा कारागार मुक्त भएका छन् । उनको निर्देशनमा काम गर्ने पाण्डे भने दुई वर्षदेखि थुनामा छन् । गत दुई महिनाअघि कारागारबाटै अवकाश पाए । 

यो मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । मुद्दा दायर गरिएकोमध्ये नीरज राईलगायत केही व्यक्ति अझै फरार नै छन् । जिल्ला अदालतमा समेत मुद्दाको सुनुवाइ अघि बढेको छैन । 

त्यतिवेला यसका आरोपीमाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कसुरमा समेत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार भएको थियो । ती मुद्दामा पनि अनुसन्धान अघि बढ्न सकेको छैन । 

बादल गृहमन्त्री हुँदा दर्ता छुट भएका भुटानी शरणार्थीको विषयमा अध्ययन गर्ने भन्दै समिति बनाइएको थियो । पछि बालकृष्ण खाण गृहमन्त्री भएपछि अध्ययन समितिको प्रतिवेदनमै किर्ते गरेर ८७५ जनाको नाम थप गरिएको थियो । त्यसरी नाम थपिएकासँग करिब एक अर्ब रुपैयाँ उठाएर उनीहरूलाई अमेरिका लैजाने प्रयास भएको थियो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending