काठमाडाैं । गत शुक्रबार हेटौँडा– १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको ना ४ च ४८३३ नम्बरको बलेरो गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि बुधबार दिउँसो फर्किएको छ ।
मंगलबार बिहानबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा रहेको टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो ।
भूगर्वविद अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुनाको ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिए । गाडी डुबेको स्थानमा ठूलो मात्रामा जमिन भासिएको अनुमान गरिए पनि त्यसको वास्तविक कारण र गाडीको अवस्थाबारे अझै प्रस्ट जानकारी पाउन नसकिएको उनको भनाई छ ।
मंगलबार टोलीले गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटरभन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुनसक्ने अनुमान गरेका थिए ।
टोलीका एक सदस्य भूगर्भविद कृष्ण पाण्डेले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको संभावित स्थानको बारेमा पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडीको संकेत मिले पनि थप अध्ययन गर्ने वातावरण नबन्दा व्याक हुनुपरेको स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
जेष्ठ १ गते, २०८२ - १८:५०
इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले...
जेष्ठ १ गते, २०८२ - १८:४५
वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुप...
जेष्ठ १ गते, २०८२ - १८:४१
काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनका लागि परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसमेतले दायर गरेको रिट...
जेष्ठ १ गते, २०८२ - १८:३५
आइइई एकातिर, उत्खनन अर्कोतिर
जेष्ठ १ गते, २०८२ - १८:२१
काठमाडाैं । सहकारी ठगीको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका ...
जेष्ठ १ गते, २०८२ - १८:१७
मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको ...
जेष्ठ १ गते, २०८२ - १८:१२
लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर के...
प्रतिकृया लेख्नुहोस्: