काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले देशमा बिचौलिया र माफियाको रजगज चलेको उद्घाेष गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले सुखी नेपाली, समृद्ध नेपालको नारा सुखी बिचौलिया, समृद्ध माफियामा परिणत भएको बताए । धितोपत्र बोर्डमा आइपिओ जारी गर्न कमिसनको खेल, गभर्नर नियुक्तिमा चलखेलले बिचौलिया र माफियातन्त्र समृद्ध भइरहेको उनको भनाइ थियो ।
‘अब सुखी नेपाली समृद्ध नेपाल अहिले हालसालै आएर सुखी बिचौलिया, समृद्ध माफिया भएको हो ?’ उनले प्रश्न गरे, ‘धितोपत्र बोर्ड हेर्नुस्, सात प्रतिशत कमिसन नदिइकन आइपिओ जारी नै गर्न दिँदैन । तर कमिसन दिनेहरुको आइपिओ जारी हुने ? गभर्नर नियुक्ति हेर्नुस् त, नीति तथा कार्यक्रमको बीचमा गभर्नरविहीन छौं । जसले मौद्रिक नीतिमा काम गर्नुपर्नेछ । भनेपछि देश कता गइरहेको छ ?’
सांसद श्रेष्ठले नीति तथा कार्यक्रमबाट कांग्रेसको एमालेकरण भएको टिप्पणी गरे । ‘अहिले त झन् एमाले सरकारलाई बधाइ पनि दिन चाहन्छु, किनभने यो पालि उहाँहरुले कांग्रेसलाई पनि एमालेकरण गरिदिनुभएको छ। सुखी नेपाली, समृद्ध नेपाल अब यो संसदले ‘क्यारी’ गरिसकेको छ । यो नीति त पास गरिसकेको छ । मलाई के चिन्ता लागेको छ भने यी दुई दल आगामी चुनावमा के एजेण्डा लिएर जनताकहाँ जान्छन् ? सैद्धान्तिक र व्यवहारिक हिसाबले दुई फरक कोणका दल बनेर अब नीतिमा पनि उहाँहरुको ऐक्यबद्धता भइसकेको छ,’ उनले भने ।
सांसद श्रेष्ठले नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरता भएको बताए । ‘नीति के हो, कार्यक्रम के हो, छुट्याउन नसक्ने स्थिति छ । पहिलाकै कपी पेस्ट गरेर ल्याएको पुरानै ढर्राको छ, गुदी कुरा केही पनि छैन । समाधान दिने खालका कुरा केही पनि छैन । यथास्थितिको निरन्तरता मात्रै छ । नविनता, परिवर्तन र सापेक्षताको अभाव छ,’ उनले भने ।
श्रेष्ठले अर्थतन्त्रप्रति सरकारको चिन्ता नै नभएको देखिएको र मन्दीविरुद्ध प्रभावकारी कदम चाल्ने केही कुरा नआएको टिप्पणी गरे । ‘युवा पुस्ता र भविष्यप्रतिको बेखबरपन छ । दुरदृष्टि र आत्मनिर्भरताको अभाव पनि देखिन्छ । पूर्वाधार, आत्मनिर्भर अर्थतन्त्र र नवप्रर्वतनको खाका नै देखिएको छैन । कार्यान्वयनको कमजोर श्रृंखलामा आएको छ । सरकारसँग पैसा खर्च गर्न सक्ने क्षमता नै छैन,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: