Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना

खबरडबली संवाददाता

नैरोबी । केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।

केन्याली वाइल्डलाइफ सर्भिस (केडब्लुएस) ले चारै जनालाई ‘बायो पाइरेसी’मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ । बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन् ।

राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरु काउन्टीमा दुई हजार २४४ वटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको हो । एएफपीले देखेको आरोपपत्रअनुसार दुह र एनगाङ्गामा कपासको ऊनले भरिएको १४० वटा सिरिन्ज र दुई कन्टेनरमा कमिलाहरू राखिएको अवस्थामा फेला परेका थिए ।

यी दुई मुद्दा छुट्टाछुट्टै थिए तर चारै जनाविरुद्ध एकसाथ मुद्दा चलाइएको थियो । बेल्जियममा लोर्नोयलाई ‘कमिला प्रेमी’ को रूपमा वर्णन गरिएको छ भने उनले घरमा कमिलाका समूहहरूको भण्डारण गरेका छन् । उनी ‘कमिला र कमिला पालन’ नामक फेसबुक समूहको सदस्य हुन् ।

उनले अनुसन्धानकर्ताहरूलाई कमिलाको ओसारपसार गैरकानुनी हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् । नैरोबीको प्रहरीले बेल्जियनहरूले लगेको कमिलाको मूल्य १० लाख शिलिङ (सात हजार ७४० अमेरिकी डलर) मूल्य बराबरको रहेको बताएको छ । अदालतको प्रतिवेदनअनुसार उक्त चोरीमा दुर्लभ ‘मेसोर सेफालोट्स’ प्रजातिको कमिला पनि समावेश छ, जसमध्ये एक रानी कमिला हाल कम्तीमा ९९ अमेरिकी डलरमा बिक्री भइरहेको छ ।

अनुमति बिना कुनै पनि वन्यजन्तुको नमूना वा ट्रफी राख्नुलाई केन्याको कानुनले एक आपराधिक घटना मान्छ । घटनामा संलग्न व्यक्तिहरूलाई सामान्यतया १० हजारसम्म जरिवाना र पाँच वर्ष वा त्यो भन्दा बढी जेल सजाय हुनसक्छ । अदालतले अन्ततः चारै जनालाई १० लाख शिलिंग (सात हजार ७४० अमेरिकी डलर) जरिवाना वा भुक्तानी गर्न नसकेमा एक वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले लोर्नोय र सेप्पेलाई ‘सामान्य शिकारीको रूपमा नदेखिने’ तर उनीहरू कानुनबारे अनभिज्ञ रहेको पाइएको पनि बताएको छ । केडब्लुएसले उनीहरूको कार्य ‘वन्यजन्तु अपराध मात्र नभई जैविक चोरी’ पनि भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“उनीहरूले कमिलालाई दुर्लभ कीराप्रजातिको माग बढिरहेको युरोप र एसियाका उच्च मूल्यका विदेशी घरपालुवा जनावरको बजारमा तस्करी गर्ने उद्देश्य राखेको थिए,” विज्ञप्तिमा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: