Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

खबरडबली संवाददाता

धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले एक कार्यक्रमबिच हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् ।

हेमोडायलाइसिस सेवाको शुभारम्भ गर्दै मन्त्री राईले सबै पक्षबिच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । जिल्ला अस्पताल धनकुटालाई १०० शय्यामा विस्तारका लागि कोशी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री राईले बताए । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले धनकुटा अस्पतालमा सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।

पछिल्लो समय धनकुटामा मिर्गौला रोगीहरूको संख्या बढ्दै गरिएकाले डायलाइसिस सेवाका लागि ठुला सहरहरूमा जानुपर्ने बाध्यता थियो । तर, धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएसँगै बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको जिल्ला अस्पताल धनकुटाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले बताए ।

डायलाइसिस सेवाको उपकरण धनकुटा अस्पतालमा ल्याएको दुई वर्ष भएको थियो । अब धनकुटा अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै छिमेकी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका बिरामीहरू लाभान्वित हुनेछन् ।

मोेडायलाइसिस सेवाबाट हप्तामा १२ जना बिरामीलाई सेवा दिन सकिनेछ । दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म बिरामीलाई सेवा प्रवाह गर्न सकिने जिल्ला अस्पताल धनकुटाले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले दक्ष जनशक्ति अभावमा अस्पतालले दिने सम्पूर्ण सेवाहरू चुस्तदुरुस्त दिन कठिन रहेको बताए । उनले जनशक्तिको व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्यमन्त्रीलाई आग्रहसमेत गरे ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै नगरवासीहरूले सहज ढंगले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । स्वास्थ्य, शिक्षाजस्ता सेवा मानिसको अतिआवश्यक सेवाअन्तर्गत रहेकाले प्रदेश सरकारले यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव प्रमुख तामाङले दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: