काठमाडाैं । सिद्धिचरण राजमार्गअन्तर्गत मिर्चैया–कटारी–बेतेनी–घुर्मी सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको नेतृत्वमा गएको सर्वदलीय टोलीले बिहीबार मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै पर्याप्त बजेट विनियोजन गर्न माग गरेको हो । ज्ञापनपत्रमा मिर्चैया–कटारी–बेतेनी–घुर्मी सडक निर्माणका लागि बहुवर्षीय योजनामा लगेर ठेक्का प्रकियालाई अगाडि बढाउन माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै राज्य व्यवस्था समिति सभापति खतिवडाले यो बाटो उदयपुरभन्दा धेरै ओखलढुंगा, सोलु र खोटाङको जनताहरूमा अझ धेरै आवश्यक रहेको भन्दै आवश्यक बजेट सुनिश्चित गर्न माग गरे । खतिवडाका अनुसार २०८१–८२ को एक अर्ब ४ करोड बजेट विनियोजन भइसकेको आइइईको काम बाँकी रहेकाले टेन्डर हुन बाँकी छ ।
डेलिगेसन गएका पूर्वकृषिमन्त्री तथा कोशी प्रदेश सदस्य रामकुमार खत्रीले यो आर्थिक वर्षमा दुई अर्ब थपेर तीन अर्बको यो वर्ष काम टेन्डर प्रक्रियामा लैजान अनुरोध गरे । डेलिगेसनमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य केपी बराल, कांग्रेस र एमालेका नेताहरू भक्त राना मगर र सरोज थापासहित अन्य सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: