Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

केचनकवलबाट सुरु भएकाे अभियान सोलुखुम्बुमा टुङ्ग्याउनु माओवादीप्रति जनता आकर्षित हुँदै गएको सन्देश

खबरडबली संवाददाता

काठमाडौँ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि लगातार कद घट्दै गएको नेकपा(माओवादी केन्द्र) २०८४ सालको निर्वाचनलाई लक्षित गरी जनता केन्द्रित जागरण अभियानमा निस्किएको छ ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले शक्तिको स्रोत श्रमिक, कृषक वर्ग समुदाय छोडेर लामो सयम सत्ता स्वार्थमा अलमलिँदा माओवादी आन्दोलन लगातार कमजोर हुँदै गएको निष्कर्ष निकालेको थियो । जनयुद्धमा जनताको मुद्दा उठाएर माओवादी छोटो समयमै राजनीतिक उचाइमा पुगेको थियो । तर शान्ति प्रक्रियामा आएपछि पार्टीले बिस्तारै वर्ग समुदाय, सहिद तथा बेपत्ता परिवारसँग टाढिएकाले पार्टीले ठुलो मूल्य चुकाएको बैठकले निष्कर्ष निकाल्यो ।

र, आत्मालोचनासहित फेरि जनतामा जानुपर्ने निष्कर्ष निकाल्यो । यसै विषयलाई ध्यान दिँदै बैठकले पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठकको निर्णयअनुसार माओवादीले नेपालकै होचो स्थान झापाको कचनकवलबाट गत फागुन १२ गतेदेखि तराई मधेस जागरण अभियान सुरु गर्‍यो । वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर समापन भएको थियो ।

तराई मधेसका २० जिल्ला जोडिएका हुलाकी मार्ग जनसंख्याको हिसाबले असाध्यै महत्त्वपूर्ण रहेको छ । राज्यबाट  सबैभन्दा उपेक्षामा परेका विभिन्न समुदायसमेत यही मार्गअन्तर्गत जिल्लाहरूमा छन् । केन्द्रीय नेतृत्व नै ग्रासरुट तहका जनतामाझ पुगेर भेटघाट गर्ने, अन्तर्क्रिया गर्ने, ठुला–साना सभा गरेकाले अभियानबाट बहुआयामिक उपलब्धि भएको माओवादीले निष्कर्ष निकालेको छ ।

यही २१ गते बसेको पदाधिकारी बैठकले अभियान आफैँभित्र रूपान्तरणको शक्तिशाली भाव पैदा भएकोले  समाजवादी विचारधाराको प्रस्थानविन्दु बनेको प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् । ‘अभियान बहुआयामिक उपलब्धि हासिल गर्दै समापन भएकाले सोचेभन्दा बढी उपलब्धिमूलक रह्यो । सबैलाई सकारात्मक चुनौती खडा गरेको छ । राष्ट्रिय एकता सुदृढ गरेको छ भने नेपाली समाजको सामाजिक–आर्थिक लगायतका पक्षको व्यवस्थित रूपमा अध्ययन अन्वेषण गर्नको लागि बलियो आधार तयार भएको छ,’ उनले भने, ‘नेता र कार्यकर्तामा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको चेतना पैदा हुँदै गएको छ । माओवादी पार्टी र नेतृत्वप्रति सकारात्मक राग जरैसम्म पैदा भएको छ । अभियानका क्रममा सहिद बेपत्ता योद्धाका परिवार र घाइते तथा उनका परिवारसँग घनीभूत रूपमा भेटघाट र छलफल भयो । जसले पीडित परिवार तथा नेता कार्यकर्तामा उत्साह र ऊर्जा पैदा गरेको छ ।’

सापकोटाले अभियानका क्रममा हजारौँ जना पार्टी प्रवेश गरेको दाबी गरेका छन् । उनका अनुसार करिब एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको छ । यद्यपि पार्टीप्रति जनताको राजनीतिक प्रभाव र आकर्षणलाई संगठनलाई ढाल्न निकै मिहिनेत गर्नुपर्ने सापकोटाको बुझाइ छ । ‘पार्टीप्रति जनताका राजनीतिक प्रभाव र आकर्षणलाई ढिलो नगरीकन संगठित गर्ने कुरा चुनौतीपूर्ण छ । यसैलाई ध्यानमा राखी बलियो संगठनमा ढाल्न पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट दृढताका साथ संकल्प गरिएको छ,’ उनी भन्छन् ।

पहिलो चरणको अभियानबाट निकै उत्साहित भएको माओवादीले जेठ २ गतेदेखि मध्यपहाडी मार्गकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पूर्वमा पाँचथरको चियोभङ्ज्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघटसम्म रहेको छ । करिब १९ सय किलोमिटर रहेको यो मार्गले पहाडका २६ वटा जिल्ला जोडिएको छ । मतदाताको हिसाबले तराई मधेसपछि महत्त्वपूर्ण जिल्लाहरू यसै मार्गमा पर्छन् । यद्यपि माओवादी नेताहरूले अहिलेलाई १० दिनको मात्रै अभियानको कार्यतालिका बनाएका छन् ।

अभियान बैतडीको पाटनबाट सुरु हुने र संसारकै अग्लो हिमाल सगरमाथा रहेको जिल्ला सोलुखुम्बुमा पुगेर टुंगिने उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए । जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा पेस गर्ने भएकाले त्यसमा छलफल गर्न पहिलो चरणमा जेठ १० गतेसम्मको अभियानका कार्यक्रम तय गरिएको पोखरेलले स्पष्ट पारे ।

‘जेठ १५ गतेपछि सरकारले ल्याएको बजेटमाथि छलफल गर्नुपर्ने हुन्छ । अभियानको बाँकी कार्यक्रम पछि तय हुन्छ । जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु भएर १० गते सगरमाथा पुगेर टुंगिन्छ,’ उनले भने । अभियान होचो ठाउँबाट सुरु गरेर अग्लो ठाउँमा पुगेर टुङ्ग्याउनुको राजनीतिक सन्देश के हो भन्ने विषयमा उनले फेरि जनमत बिस्तारै माओवादीप्रति केन्द्रित हुँदै गएको रूपमा बुझ्न सक्ने बताए ।

‘विगतमा लामो समय हामी सत्ता केन्द्रित हुँदा कमजोर हुँदै गयौँ । माओवादी कमजोर हुँदा व्यवस्था विरोधी प्रतिगामी शक्ति सलबलाउन थाले । त्यस्ता शक्तिहरूलाई परास्त गर्न यो अभियान सफल भएको छ,’ उनले भने, ‘विगतमा भएका गल्तीलाई आत्मालोचनासहित पार्टीले स्वीकार गरी फेरि जनतामाझ गएका छौँ । आफ्नै वर्ग समुदाय, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग बसेका छौँ । नेतृत्व सीधै ग्रासरुटमा पुग्दा जनताका समस्याहरू प्रत्यक्ष बुझ्ने मौका मिलेको छ । यसले समुदायमा आधारित समाजवाद निर्माण गर्न रक्तसञ्चार भएको छ ।’

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद अर्यालले हरेक निर्वाचनमा खुम्चिँदै गएको पार्टी जनता केन्द्रित अभियानले पार्टीको कद अग्लिँदै गएको रूपमा पनि विश्लेषण गर्न सकिने बताउँछन् । नेपालको होचो स्थान केचनकवलबाट सुरु गरेको अभियान सोलुखुम्बुमा पुगेर टुङ्ग्याउनुको अर्थ माओवादीप्रति फेरि आम जनता आकर्षित हुँदै गएको सन्देश दिन पनि अग्लो स्थान रोजिएको उनको भनाइ छ ।

‘नेपालकै सबैभन्दा होचो स्थान झाबाट सुरु भएको अभियान पहाडको अग्लो स्थान सोलुखुम्बुमा समापन गर्ने प्रस्तावअनुसार नै दोस्रो चारणको अभियान थालिएको हो । यो अभियानले दिन खोजिएको सन्देश माओवादीप्रति जनमत आकर्षित हुँदै गएको छ । समाजवादी क्रान्तिका लागि यो अभियानले आधार बनाउँदै लगेको छ भन्ने नै हो,’ उपाध्यायले भने ।

अर्का उपमहासचिव हरिबोल गजुरेलले जरा केन्द्रित अभियानले पूर्वबाट माओवादी फेरि उदाइँदै छ भन्ने सन्देश प्रवाह भएको जिकिर गर्छन् । ‘हामीले आफ्ना वर्ग समुदाय भुलेर लामो समय सत्तामा बस्दा पार्टी कमजोर भयो । यो अभियानले खासगरी पूर्वी क्षेत्र तथा सहरी क्षेत्रमा जनमत बढ्दै गएको छ । यसलाई अझै दुई वर्ष मिहिनेत गर्न सकियो भने २०८४ को निर्वाचनमा माओवादी बलियो शक्तिका रूपमा स्थापित हुने सम्भावना देखिन्छ,’ उनले भने ।

प्रवक्ता सापकोटा यस्ता अभियानले पार्टीलाई सकारात्मक चुनौती थपिएको जिकिर गरे । ओली सरकारको नालायकीका कारण जनतामा बिस्तारै माओवादीप्रति भरोसा बढ्दै गएको, समाजवाद निर्माणका लागि आधार तयार गरेको, अग्रगामी कार्यदिशा रहेको, पार्टीप्रति पूरै समर्पित भएर लागेका कार्यकर्ताको ठुलो पङ्क्ति आफूसँग रहेको, विचार र नेतृत्व धेरै माथिबाट स्थापित भएको रूपमा उनले विश्लेषण गरे ।

यद्यपि २०८४ सालमा ठुलो पार्टी बन्नका लागि मुख्य चुनौतीमा आन्तरिक गुटबन्दी, संगठन विस्तार, गुणात्मक वैचारिक प्रशिक्षण, कार्यनीति र रणनीतिबिचको तालमेल भएको स्वीकार गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: