कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी सुरु गरेको छ ।
दुई सातादेखि दोधाराचाँदनी नगरपालिका– १, चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा रुख कटानी सुरु गरेको हो । सुक्खा बन्दरगाह निर्माण स्थलमा संरचना बनाउनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले क्षेत्र खाली गराउनका लागि रुख काट्न लागेको जनाएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका सुपरभाइजर क्षितिज सिंहले हालसम्म १८० रुख काटिसकेको बताए । ‘अहिलेसम्म काटिएका सबै रुख पिपरैया घाटगद्दीमा राखिएका छन्,’ उनले भने, ‘झन्डै ४० हजारभन्दा बढी क्युफिट काठ संकलन हुनेछ ।’ उक्त सामुदायिक वनकोे ४२ हेक्टर क्षेत्रफलमा रहेका सानाठुला गरेर एक हजार ५९३ रुख काटिनेछन् । उक्त क्षेत्रमा रहेको रुख हटाएसँगै सुक्खा बन्दरगाह एकीकृत जाँच चौकीका लागि आवश्यक भौतिक सरचना निर्माण हुनेछन् ।
०६४ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखकराज भट्टको पालमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारेको थियो। ०६६ सालमा सरकारले दोधारा–चाँदनीमा बन्दरगाह बनाउने निर्णय गरेको थियो । सुरुवातमा दोधारा–चाँदनी– ७, कञ्चनभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह त्यहाँ स्थानीयले विवाद गरेपछि चाँदनीमा सारिएको थियो ।
रुख काट्नेदेखि घाटगद्दीको जिम्मा पाएको रोशन किरण सःमिल फर्निचर उद्योगका सञ्चालक घनानन्द लेखकले काटेर घाटगद्दीमा राख्न लागेको बताए । ‘हामीले यहाँ जिम्मा पाएको काठ काटेर घाटगद्दीमा पठाइरहेका छौँ,’ उनले भने, ‘नम्बरिङले ढिलासुस्ती भइरहेको छ, यसमा सम्बन्धित निकायबाट पहल गर्नुपर्छ ।’ शुक्लाफाँटा राष्ट्रिय कार्यालयका रेञ्जर विक्रम चौधरीले स्रोत साधन वृद्धि गरेर तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
घोषणा गरिएको १८ र निर्णय गरेको १५ वर्षमा फिल्डमै रुख कटानी सुरु भएपछि स्थानीयसमेत हर्षित भएका छन् । गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी सुरु भएसँगै बन्दरगाह निर्माणको काम अघि बढेको बताए । ‘पहिले नेताहरू आउँथे–जान्थे, अहिले ठेक्का भएकै काम सुरु भएको छ,’ उनले भने, ‘अब केही होला जस्तो आशा पलाएको छ ।’ घाटगद्दीमा राखिएको काठ सामुदायिक वनले पाउनुपर्ने उनको माग छ ।
झन्डै १२ अर्ब प्रस्ताव अघि सारेको सुक्खा बन्दरगाह निर्माणका लागि १ जुन ०२३ मा नेपाल–भारतबिच सम्झौता भएको थियो। उक्त सम्झौताअनुरूप भारतले नै एकीकृत चेकजाँच चौकी निर्माण हुनेछ । भारतले आफ्नोतर्फ सरचना निर्माण गरिसकेको जनाएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एवं सुदूरपश्चिमका उद्यमी तेजबहादुर चन्दले महाकाली नदीमा चारलेन पुल निर्माण सम्पन्न भएसँगै अब सुक्खा बन्दरगाह निर्माणको काममा ढिलाइ गर्न नहुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - २०:५१
जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...
जेष्ठ १ गते, २०८२ - २०:४२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...
जेष्ठ १ गते, २०८२ - २०:२९
काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...
जेष्ठ १ गते, २०८२ - २०:२३
पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...
जेष्ठ १ गते, २०८२ - २०:१८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् । नेपाली कांग...
जेष्ठ १ गते, २०८२ - २०:०९
प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...
जेष्ठ १ गते, २०८२ - २०:०५
काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
प्रतिकृया लेख्नुहोस्: