Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८२ बुधबार | 14th May, 2025 Wed
Investment bank

नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री एवम प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित गृह सञ्चार तथा कानुन मन्त्रालयको सभाकक्षमा शुक्रबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा उहाँले यस्तो निर्देशन दिएका हुन् ।

उनले छिमेकी मुलुक भारतको पहलगाममा भएको हमलापछि बिकसित भारत–पाकिस्तान घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको जानकारी दिए । उनले भने, “दुई देशको तनावपछि नेपाली भूमीबाट आतंकवादी संगठनले आपराधिक गतिबिधि गर्न सक्छन् । त्यस्ता गतिविधि हुन नदिन समयमै सुरक्षा सतर्कता बढाउनुपर्छ ।”

उनले मधेश प्रदेशका चारवटै सुरक्षा निकायलाई त्यस्ता गतिविधि हुन दिनका लागि सिमा क्षेत्रमा निगरानी बढाउन निर्देशन दिए । मन्त्री लेखीले सुरक्षा समितिको बैठकमा “हाम्रो भुमि कुनै पनि हालतमा आतंककारी गतिबिधिका लागि प्रयोग हुन दिनु हुँदैन, तसर्थ सबै सुरक्षा निकाय सतर्क रहनुपर्छ“ भने । 

सुरक्षा बैठकमा सरुवा भइ मधेश प्रदेश प्रहरी प्रमुख भएर आएका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुखको रुपमा आएका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाललाई गृहमन्त्री लेखीले  स्वागत गरे । 

बैठकमा सिमा सुरक्षा, लागुऔषध दुब्र्यसन, बिपद ब्यबस्थापनलगायतका विषयमा छलफल भएको गृह सञ्चार तथा कानुनमन्त्री लेखीले बताए । बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमलप्रसाद बडाल र चारवटै सुरक्षा निकायका प्रमुख एवम पदाअधिकारी र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अदालतहरुमा एक करोड ९६ लाख ८१ हजार रुपैयाँ बेरुजु

काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...

बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।  बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाकाे मृत्यु

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले...

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुप...

सहकारी नियमन प्राधिकरण डेढ महिनाभित्र गठन गर्न परमादेश

काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनका लागि परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसमेतले दायर गरेको रिट...

सहकारी ठगीको अभियोगमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्ने आदेश

काठमाडाैं । सहकारी ठगीको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।  जिल्ला अदालत, काठमाडौंका ...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending