काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।
‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ ।
कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए ।
बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो ।
लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १–१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था मिलाएको उपाध्यायले जानकारी दिए । पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।
यस्तो छ समय तालिका
-२०८२ जेठ १ गते बेलुका डडेलधुरा
-२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
-२०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
-२०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
-२०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
-२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
-२०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा
-२०८२ जेठ ८ गते बागलुङ जनसंवाद
-२०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
-२०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा
-जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: