मुस्ताङ । यहाँका वन्यजन्तुपीडितले क्षतिको राहत रकम प्राप्त गर्न सकेका छैनन् । वन्यजन्तुपीडितले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) कार्यालयमा राहत रकमका लागि निवेदन, सिफारिस पत्र बुझाएको दुई वर्ष बित्दा पनि राहत रकम प्राप्त गर्न सकेका छैनन् ।
पीडित किसानलाई सरकारले प्रक्रिया पुर्याएर सम्बन्धित निकायमार्फत राहत उपलब्ध गराउने गर्छ । तर यहाँका वन्यजन्तुपीडितले पशुधन क्षति भएको लामो समय बित्दा पनि राहत रकम पाउन नसकेको गुनासो गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा दुईवटा चौँरीको बाछा क्षति भएको रकम अझै पाउन नसकेको थासाङ–२ नाउरिकोटका किसान सकेन्द्र गौचनले जानकारी दिए । “क्षति भएको केही समयमा पाउन सके पो राम्रो हुन्थ्यो, एक्यापले आउँछआउँछ भनेको छ, खै कहिले हो आउने ?”, उनले भने ।
यसैगरी घरपझोङ–४ जोमसोमका पशुपालक पूर्णबहादुर नेपालीले पनि वन्यजन्तुबाट भएको पशुधनको क्षति दुई वर्ष बित्दासमेत पाउन नसकेको दुःखेसो गरे । वन्यजन्तुको क्षति विवरण सबै टिपेर एक्याप कार्यालयमा निवेदन पेस गरेको भए पनि राहत बापतको रकम आउन ढिला भएको उनको भनाइ छ ।
नाउरिकोटका गौचन र जोमसोमका नेपाली राहत रकम नपाउने केवल प्रतिनिधिपात्र मात्र हुन् । उनीहरू जस्ता धेरैजसो पशुपालक किसानले राहत रकम प्राप्त गरेका छैनन् ।
जिल्लामा पछिल्लो दुई आर्थिक वर्षदेखि वन्यजन्तुबाट भएको क्षति राहत रकम वितरण हुन नसकेको एक्याप कार्यालयले जनाएको छ ।
कार्यालयबाट वन्यजन्तु क्षतिको सबै कागजात राहत सिफारिसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पेस गरेको भए पनि सरकारले उपलब्ध गराउने रकम कार्यालयलाई प्राप्त नभएको एक्याप मुस्ताङले जनाएको हो । मुस्ताङमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा ७६ घरपरिवारका २८० वटा पशुचौपाय वन्यजन्तुको आक्रमणबाट क्षति भएका थिए ।
एक्याप लोमान्थाङले सरकारबाट प्राप्त रु एक लाख ३८ हजार वन्यजन्तु क्षति रकम दुईवटा घटनाका पीडित किसानलाई हस्तान्तरण गरेको जनाएको छ । त्यहाँ च्याङ्ग्रा क्षति भएका एक घरपरिवारलाई रु ४८ हजार र अर्को एक घरलाई रु ९० हजार क्षति राहत रकम वितरण गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।
त्यसैगरी गतवर्ष मुस्ताङमा हिमचितुवाको आक्रमणबाट ७७ वटा च्याङ्ग्रा क्षति भएका ढाक्मरणका किसानलाई एक्यापको आन्तरिक कोषबाट रु तीन लाख ८५ हजार क्षतिबापतको राहत रकम वितरण गरिएको कार्यालय प्रमुख पौडेलले जनाए ।
उपल्लो क्षेत्रमा वन्यजन्तुबाट क्षति भएका किसानलाई रु २५ लाख एक हजार ९०० वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
जेष्ठ १ गते, २०८२ - १८:५०
इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले...
जेष्ठ १ गते, २०८२ - १८:४५
वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुप...
जेष्ठ १ गते, २०८२ - १८:४१
काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनका लागि परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसमेतले दायर गरेको रिट...
जेष्ठ १ गते, २०८२ - १८:३५
आइइई एकातिर, उत्खनन अर्कोतिर
जेष्ठ १ गते, २०८२ - १८:२१
काठमाडाैं । सहकारी ठगीको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका ...
जेष्ठ १ गते, २०८२ - १८:१७
मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको ...
जेष्ठ १ गते, २०८२ - १८:१२
लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर के...
प्रतिकृया लेख्नुहोस्: