काठमाडौं । विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनले भारत र पाकिस्तानलाई उच्चतम संयम अपनाउन आग्रह गरेको छ । जी–सेभेनले दुवै परमाणु सम्पन्न छिमेकी राष्ट्रहरूबीच बढ्दो तनावलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको छ।
जी(सेभेनद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘थप सैन्य तनावले सम्पूर्ण क्षेत्रीय स्थायित्वलाई गम्भीर खतरा पुर्याउन सक्छ। हामी दुवै पक्षका नागरिकहरूको सुरक्षाप्रति गहिरो चिन्तित छौँ ।’
जी–सेभेनले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ। ‘हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र चाँडो र दिगो कूटनीतिक समाधानका लागि समर्थन जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
जीसेभेनमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् ।
के हो जी–सेभेन ?
जी–सेभेन अर्थात् ‘ग्रुप अफ सेभेन विश्वका सातवटा अत्याधुनिक अर्थव्यवस्था भएका देशहरूको एक समूह हो । विश्वव्यापी व्यापार तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा यो समूहको दबदबा छ ।
यसका सदस्य मुलुकहरुमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका हुन् । रुसलाई पनि सन् १९९८ मा यो समूहमा सामेल गरिएको थियो र त्यसको नाम जी–८ भयो । तर सन् २०१४ मा क्राइमियामाथि कब्जा गरेसँगै रुसलाई सो समूहबाट निस्कासन गरियो ।
एउटा विशाल अर्थतन्त्र तथा विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश हुनुका बाबजुद चीन हालसम्म यो समूहमा सहभागी छैन । चीनमा प्रतिव्यक्ति आय यी सात देशहरुको तुलनामा निकै कम छ । त्यसैले चीनलाई समृद्ध अर्थतन्त्र मानिँदैन । तर जी–ट्वान्टी समूहमा भने चीन लगायतका विकासशील देशहरु समेत सामेल छन् ।
युरोपेली संघ पनि जी–सेभेनको सदस्य छैन । तर पनि उसका अधिकारीहरुले जी–सेभेनको वार्षिक शिखर सम्मेलनहरुमा भाग लिन्छन् । जी–सेभेन देशका मन्त्री तथा अधिकारीहरुले वर्षभर नै बैठक गर्दछन्, सम्झौता तयार गर्दछन् र विश्वव्यापी घटनाहरुका विषयमा साझा वक्तव्य जारी गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: