Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यसरी मनाइन्छ ‘साकेला उँभौली’

खबरडबली संवाददाता

काठमाडाैं । किराँत समुदायको प्रमुख चाड साकेला (उँभौली) आजदेखि औपचारिक रूपमा सुरुवात भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगव्‍याध नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ ।

साकेला उँभौलीको अवसरमा किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ ।

माझ किराँत भनेर चिनिने खोटाङका किराँतबस्ती रहेको हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदानप्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ ।

साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) वेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिन्छ ।

साकेला उँभौलीको अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएका जिल्लाका विभिन्न ठाउँमा विधिवत् रूपमा पूजाआजा गरिएसँगै यो चाड मनाउने प्रचलन छ । किराँत समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठुलो चउरमा गोलो घेरा हालेर साकेला नाचिन्छ ।

किराँत समुदायको उदगमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित तुवाचुङ–जायाजुङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रूपाकोट र मेरुङ, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा र छोङ्खालगायत धार्मिक तथा पर्यटकीय स्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेशभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभएर गैरकिराँत समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।

चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतकाे रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उँधौली–उँभौली मनाइन्छ । खुला आकाशमुनि ठुलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।

बालकदेखि युवा तथा वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पंक्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ ।

१० स्थानीय तह रहेको खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अवस्थित किराँत ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिक रूपमा सुरुवात गरिने साकेला उँभौली चाड महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदान–प्रदान गर्दै समापन गर्ने चलन छ ।

समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर सामूहिक रूपमा साकेला सिली नाच्न लगाउने गरिन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सदभावका साथै आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगसन किराँतले बताए ।

‘साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । वर्षमा दुईपटक मनाइने साकेला चाडले किराँत र गैरकिराँतबिच आपसी सदभाव र बन्धुत्वसमेत कायम गर्न सघाउ पुर्‍याउँछ,’ उनले भने, ‘साकेला चाड अन्नबाली छर्ने वेला अर्थात् वैशाख पूर्णिमा र उठाउने वेला मंसिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने चलन छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख/सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्छ । साकेला उँभौली–उँधौली चाडलाई किराँत समुदायले परापूर्वकालदेखि नै निकै महत्त्वका साथ मनाउने गरेका छन्।’

साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उँधौली तथा उँभौली चाडलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

किराँत समुदायको साकेला उँभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात् आज सार्वजनिक बिदासमेत दिएको छ । आज किराँत समुदायको साकेला उँभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: