Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

खबरडबली संवाददाता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका बीच सहकार्यलाई सुदृढ तुल्याउन आह्वान गरेका छन् ।

चीनका लागि इयू प्रतिनिधिमण्डलले आयोजना गरेको ’प्रोत्साहन सन्तुलन, प्रतिबद्धता कायम गर्ने, जिम्मेवारी ग्रहण गर्ने’ शीर्षकको बेइजिङ आयोजित उक्त सम्मेलनमा दुवै पक्षका करिब ५०० प्रतिनिधि सहभागी भएका थिए ।

फ्रान्सका पूर्वप्रधानमन्त्री तथा इयूका पूर्व आयुक्त मिचेल बार्नियरले आर्थिक स्थिरता, विश्वव्यापी स्वतन्त्र र निष्पक्ष व्यापारका साथै जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीका विषयमा इयू र चीनले मिलेर काम गर्नुपर्ने बताए ।
उनले जनस्तरको आदानप्रदानलाई प्रगाढ सम्बन्धको जगका रुपमा लिएको बताए ।

चीनको विदेश मन्त्रालयका युरोपेली मामिलाका महानिर्देशक ली जियानले विगत ५० वर्षमा चीन र इयूबीचको सम्बन्ध थप परिपक्व र लचिलो भएको बताए । “जबसम्म दुवै पक्षले एकअर्कालाई सम्मान गर्छन्, समान परामर्शमा संलग्न हुन्छन् र एकअर्काका जायज चासोलाई सम्बोधन गर्छन्, तबसम्म हामी निश्चित रूपमा कठिनाइहरू पार गर्नेछौं र मतभेदहरू समाधान गर्नेछौँ,” लीले भने ।

सिन्ह्वासँग कुरा गर्दै चीनका लागि युरोपेली सङ्घका राजदूत जर्ज टोलेडो अल्बिनानाले इयू र चीनबीचको सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धका रुपमा विकसित भएको बताए । जलवायु परिवर्तनसँग जुध्न, जैविक विविधता र वातावरण संरक्षणमा युरोपेली सङ्घ र चीन असल साझेदार रहेको उल्लेख गर्दै उनले अब विश्व व्यापार सङ्गठनको ढाँचाभित्र रहेर दुवै पक्षले बहुपक्षीयताको रक्षा गर्ने अवसर पाएको उल्लेख गरे ।

‘बेइजिङ फरेन स्टडिज युनिभर्सिटी’को ‘सेन्टर फर द युरोपियन युनियन एन्ड रिजनल डेभलपमेन्ट स्टडिज’का निर्देशक कुइ होङजियानले भने, “चीन र इयू दुवैले आफ्ना प्रतिबद्धतालाई कायम राख्न आवश्यक छ र आफ्ना मतभेदलाई अझ बढी तर्कसङ्गत दृष्टिकोण अपनाउनु पर्दछ र अर्थतन्त्र, राजनीति, संस्कृति र रणनीति गरी चार प्रमुख आयाममा सहयोगलाई प्रगाढ बनाउनुपर्छ ।

पचास वर्षअघि सन् १९७५ मा चीन र युरोपेली आर्थिक समुदायले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए, जुन आधुनिक अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण क्षण थियो । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: