म्याग्दी । म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ । धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिमखोलाका बासिन्दा यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन् ।
गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ । धवलागिरी गाउँपालिका– १, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएकाे बताए ।
गुर्जामा गत वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो । गुर्जामा रहेका २५० घरपरिवारमध्ये एक घरबाट कम्तीमा एकजना यार्सा खोज्न गएकाे वडाध्यक्ष छन्त्यालले बताए । रघुगंगा गाउँपालिका– ७, चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयवासीहरू यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताए । ।
चिमखोलाबाट करिब ५० स्थानीयवासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन् । वैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन् । अनुकूल मौसम हुँदा दैनिक एक सय वटासम्म यार्सागुम्बा संकलन हुने र एकजनाले दुई लाखभन्दा बढी आम्दानी गर्ने बताइएको छ ।
यार्सा संकलकहरू बुकीमा ओडार र त्रिपालको छाप्रो हालेर वास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीयस्तरमा प्रतिगोटा दुई सयदेखि २५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए ।
यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ । यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ ।
यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केही वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरूमा मात्रा घटेको छ । चालू आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।
यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । गत वर्ष आधा किलोग्राम यार्सागुम्बाका लागि छोडपुर्जी जारी भएको थियो । प्रतिकिलो यार्सागुम्बा निकासी गर्न १० हजार राजस्व तिर्नुपर्छ ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोहीबमोजिमको संकलन पुर्जी काट्ने चलन छ । सर्वसाधारणबाट व्यवसायीहरूले प्रतिकिलो पाँच लाखदेखि ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठ लाखदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८२ - २०:४४
सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेको छ । किशोरीको छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ घरभई वडा नम्वर ४...
आषाढ़ ५ गते, २०८२ - २०:३०
पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्...
आषाढ़ ५ गते, २०८२ - २०:२४
तेहरान । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको...
आषाढ़ ५ गते, २०८२ - २०:१९
तनहुँ । दाउरा प्रहार गरी हत्या गर्ने दुई जनालाई तनहुँ प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–.३ हटिया घर ...
आषाढ़ ५ गते, २०८२ - २०:१४
बलेवा । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा...
आषाढ़ ५ गते, २०८२ - १८:५४
भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड...
आषाढ़ ५ गते, २०८२ - १८:५०
महेन्द्रनगर । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्ग...
आषाढ़ ५ गते, २०८२ - १८:४६
लमजुङ । लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगर...
आषाढ़ ५ गते, २०८२ - १८:४१
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपाल...
आषाढ़ ५ गते, २०८२ - १८:१५
काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन ...
प्रतिकृया लेख्नुहोस्: