काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भाग लगायत देशका पहाडी भूभागका पनि धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
उक्त मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...
चैत्र २५ गते, २०८२ - ११:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्याल...
चैत्र २५ गते, २०८२ - ११:४०
काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी...
चैत्र २५ गते, २०८२ - ११:३५
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त...
चैत्र २५ गते, २०८२ - ११:०५
कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति ...


प्रतिकृया लेख्नुहोस्: