कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सञ्चालन निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार विनियोजित छात्रवृत्ति रकम निकासा भइसकेको हुँदा सोही सत्रभित्र वितरण गरी भर्पाइ बुझाउनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।
विद्यालयले विद्यार्थीलाई ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र नदिने, इमिस प्रणालीमा ट्रान्सफर नगर्नेजस्ता गतिविधि नगर्न सचेत गराइएको छ । शाखा प्रमुख भट्टका अनुसार संस्थागत विद्यालयतर्फ शुल्क विवरण, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यालय सवारीसाधन व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेका छौँ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको शुल्क विवरण पेस नगर्ने विद्यालयलाई अन्तिम समयसीमा तोकिएको छ । निर्धारित समयभित्र पेस नगरे नियमअनुसार कारबाही हुनेछ ।
उनका अनुसार शैक्षिकसत्र सुरु हुनुअगावै नयाँ विद्यार्थी भर्ना र प्रचारप्रसार रोक्न, विद्यार्थीबाट मनपरी शुल्क नलिन र विद्यालय व्यवस्थापन पारदर्शी बनाउन संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । धेरै विद्यालयमा खानेपानी, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान र घेराबारको अवस्था अनुगमनका क्रममा कमजोर देखिएको छ । भट्टले भने, “शैक्षिकसत्र सुरु हुनुअगावै यी पूर्वाधार सुधार्न संस्थागत विद्यालयलाई भनेका छौँ, निम्न माध्यमिक र माध्यमिक तहका विषयगत शिक्षक व्यवस्थापन र कर्मचारी सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न निर्देशन दिइएको छ ।”
“विद्यार्थी बोक्ने सवारीसाधन पुराना र सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको गुनासो आएपछि सवारी मर्मत, नयाँ साधन व्यवस्थापन र सीट क्षमताअनुसार मात्र विद्यार्थी बोक्नेका लागि निर्देशन पत्र नै पठाएर भनेका छौँ”, शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले भन्नुभयो । अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयप्रति कडा कानुनी कारबाही हुने उनले बताए ।
वडा नं १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन हुने भएपछि स्थानीय विद्यार्थीले घरमै उच्च शिक्षाको अवसर पाउने भएका छन् । नगरपालिकाले विद्यार्थी व्यवस्थापन र समन्वयमा विद्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
नगरपालिकाले यस अभियानमार्फत विद्यालय व्यवस्थापनलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ । शैक्षिक सुधारको यो प्रयास नगरपालिकाका नीति, नियम र समुदायको सहभागितालाई सँगसँगै अघि बढाउने महत्त्वपूर्ण कदम मानिएको छ । नगरपालिकामा सामुदायिक २८ र संस्थागत २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १४:१४
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...
चैत्र २५ गते, २०८२ - १४:१२
काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...
चैत्र २५ गते, २०८२ - १३:५६
काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...
चैत्र २५ गते, २०८२ - १३:५३
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...


प्रतिकृया लेख्नुहोस्: