काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयसँग लिखित राय माग गरेको छ। प्रहरी स्रोतका अनुसार राय मागिएको पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ।
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनको सिफारिसका आधारमा दर्ता भएको ज्यान मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका ओली र लेखकलाई म्याद थप नगर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको थियो। उक्त आदेशपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाउन सरकारी वकिलसँग राय माग गरेको हो।
अनुसन्धान अधिकृतका रूपमा जिल्ला प्रहरी परिसर भद्रकालीका मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक राजु अधिकारीले सरकारी वकिलको कार्यालयलाई पत्र लेखेका हुन्। अब सरकारी वकिलको रायका आधारमा दुवैलाई हाजिरी जमानीमा रिहा गर्ने वा मुद्दा अदालतमा दायर गर्ने विषयमा निर्णय हुने जनाइएको छ।
कानुनी प्रावधानअनुसार ज्यान मुद्दामा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि २५ दिनसम्म म्याद पाउने व्यवस्था छ। तर सर्वोच्च अदालतले ओली र लेखकका हकमा तेस्रो पटक थप गरिएको पाँच दिनभित्रै मुद्दा दायर गर्ने वा अनुसन्धान अधिकृतको जिम्मामा हाजिरी जमानीमा छाड्ने विकल्पमध्ये एक रोज्न आदेश दिएको थियो।
प्रहरीले हालसम्म तीन पटक गरी १२ दिन अनुसन्धानको समय पाइसकेको छ। जिल्ला अदालतले चैत २२ गते अन्तिम पटक पाँच दिनको म्याद थप गरेको थियो, उक्त म्याद बिहीबार सकिँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: