काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली गएको छ।आज (शुक्रबार)पनि बिहीबार जस्तै देशैभरि विद्युत् आपूर्तिमा समस्या देखिएको हो ।
पछिल्लो दुई महिनादेखि झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सर्वसाधारण हैरान भएका छन् । आज मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पनि विद्युत अवरुद्ध भएको छ । सिंहदरबार भित्रै शिक्षा उपसमितिको बैठक चलिरहेका बेला बिजुली गएपछि मोबाइल फोन बालेर बैठकलाई निरन्तरता दिइएको थियो । बैठकमा सहभागी एक सांसदका अनुसार, करिब सवा ८ वजेदखि विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको हो । अहिले उपसमितिमा शिक्षा विधेयकबारे छलफल भइरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ ।
प्राधिकरणमा नेतृत्व फेरिएसँगै यस्तो समस्या बढेको र्विसाधरणो बुझाइ छ । सरकारले दुई महिनाअघि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरी बत्ती जाने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
शुक्रबार पनि सर्वसाधारणले पटक–पटक यस्तो समस्या झेलेका छन् । भारतबाट नेपालमा भइरहेको बिजुली आयातमा समस्या आउँदा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...
माघ १७ गते, २०८२ - १८:४५
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...
माघ १७ गते, २०८२ - १८:४३
सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...
माघ १७ गते, २०८२ - १८:२४
काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...
माघ १७ गते, २०८२ - १८:१९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...




प्रतिकृया लेख्नुहोस्: