Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

डेढ महिनादेखि निष्क्रिय जस्तै समाजवादी मोर्चा

खबरडबली संवाददाता

काठमाडाैं । बामपंथीहरुकाे समाजवादी माेर्चा डेढ महिनादेखि निष्क्रिय जस्तै बनेकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मोर्चा निष्क्रिय जस्तै बनेकाे हाे ।

गएकाे १५ चैतमा काठमाडौंमा जनप्रदर्शन गरेपछि चारदलीय मोर्चा निष्क्रिय बनेको हो । १५ चैतको प्रदर्शनपछि १८ गते मोर्चाले समीक्षात्मक बैठक गरेको थियो । त्यसयता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । उक्त बैठकपछि मोर्चाका संयोजक नेकपा महासचिव नेत्रविक्रम चन्दले केही दिनमै बैठक बसेर आगामी कार्यक्रम ल्याउने बताएका थिए । तर, डेढ महिना बित्दा पनि बैठक बस्न सकेको छैन् ।

नेताहरू पार्टीगत काममा व्यस्त भएका कारण मोर्चाको बैठक बस्न समय लागेको मोर्चाका सचिवालय सदस्यसचिव तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । ‘आगामी कार्ययोजना बनाइरहेका छौँ । अन्य घटकका नेता पार्टीगत कार्यक्रममा व्यस्त भएका कारण मोर्चाको बैठक सकेको छैन,’ उनले भने । नेकपाका नेताहरू पनि पार्टीगत काममै व्यस्त छन् । विश्वकर्माका अनुसार ७७ मध्ये ७३ जिल्लामा मोर्चाको जिल्लास्तरीय संयन्त्र गठन भइसकेको छ । केही पालिकामा पनि संयन्त्र विस्तार भएको उनले बताए ।

माओवादीले २ जेठबाट मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गरेकाे छ छ । माओवादी अभियानमा लागेपछि माेर्चाकाे गतिविध ठप्प हुँदै आएकाे छ । ४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चारदलीय मोर्चा घोषणा गरिएको थियो । 

सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक थिए । आलोपालो नेतृत्वको मोडालिटीअनुसार नेपालपछि नेत्रविक्रम चन्द विप्लव हाल संयोजक छन् । मोर्चा गठनताकाका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् भने नेसपा अध्यक्ष महिन्द्र राय यादव मोर्चामा भित्रिएका छन् । समाजवादी मोर्चाको विगतको निर्णय कार्यान्वयनमा समेत समस्या देखिएको छ । नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्‍याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीसँग केन्द्रीयस्तरको अन्तरक्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...

आछाममा बलात्कृत दृष्टिविहीन महिलाले जन्माइन् बच्चा

आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...

झापामा खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...

कांग्रेसको महाधिवेशन निर्धारित मितिमा हुनु पर्छ: शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...

बजेट सम्मानजनक भएन: शर्मा

काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...

क्यानाडा टी–२० विश्वकपमा छनोट

काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...

बाजुरमा खोलाले बगाउँदा पूर्व वडा सदस्य बेपत्ता

बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...

अमेरिकाले इरानमा प्रहार गरेकाे बङ्कर–बस्टर बम के हो ?

बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending