बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवर्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ ।
योजनाअनुसार तथ्याङ्क स्रोतको बजार अनुकुल व्यवस्थापनलाई प्रवर्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवर्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिने छ ।
सन् २०२५ को अन्त्ये सम्म चीनले डिजिटल चीन निर्माणमा महत्त्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ । नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ । योजनाले तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मुल्यवृद्धि देशको कूल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ । त्यस्तै एकीकृत तथ्याङ्क बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० इएफएलओपीएसभन्दा माथि पुर्याउने लक्ष्य पनि रहेको छ ।
कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवर्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन् । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु वर्षको पहिलो त्रैमासमा चीनको डिजिटल उद्योगले करिब आठ खर्ब ५० अर्ब युआन बराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव चार प्रतिशतले बढि हो ।
यस वर्षको सरकारको प्रतिवेदनमा उत्पादन प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, उद्योगमा दक्षता र प्रविधिसहितको सेवा प्रदायकको विकास गर्ने र साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: