Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गाजामा खाद्यान्न प्रवेशका लागि इजरायलद्वारा स्वीकृति

खबरडबली संवाददाता

गाजा । दुई महिनाभन्दा लामो नाकाबन्दी हटाउन बढ्दो दबाबको सामना गरेपछि इजरायलले गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न प्रवाह’ लाई अनुमति दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक गाजामा सेनाले अपरेसन अभियान सुरु गरेको  घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नका लागि छलफल गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सेनाको सिफारिसमा ‘गाजामा भोकमरीको अवस्था आउन नदिन’ इजरायलले जनताका लागि आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ ।

इजरायलले आफ्नो नाकाबन्दी प्यालेस्टिनी अतिवादी समूहविरूद्ध भएको बताएको छ, भने संयुक्त राष्ट्रसङ्का निकायहरूले खाना पानी, इन्धन र औषधीको गम्भीर अभावको चेतावनी दिएका छन् । इजरायलका सहयोगीसमेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै मानिसहरू भोकबाट गुज्रिरहेको र हामीले उक्त क्षेत्रमा हेरविचार गर्न गइरहेको बताएका थिए । 

फ्रान्सेली विदेश मन्त्री जाँ–नोएल ब्यारोले इजरायललाई ‘तत्काल बिना अवरोध’ सहायताको आपूर्ति पुनः सुरु गर्न अनुमति दिन आग्रह गरेका छन् । इजरायली सेनाले  गाजा पट्टी, उत्तर र दक्षिणमा स्थलगत अपरेसनहरू सुरु गरेको र प्रमुख स्थानमा सेना तैनाथ गरिएको बताएको छ ।

इजरायलले बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको भन्दै  शनिबारदेखि सुरु भएको अभियानमा दुई पक्षले कतारमा अप्रत्यक्ष वार्ता  गरेका थिए । नेतान्याहुको कार्यालयले भने दोहाका वार्ताकारहरूले लडाइँ अन्त्य गर्ने सम्झौताका रूपमा सबै सम्भावनाहरू समाप्त गर्ने काम गरिरहेको उल्लेख गरेको छ । मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका दूत स्टिभ विटकोफ पनि छलफलहरूमा संलग्न रहेका थिए । 

नेतान्याहुको वक्तव्यमा अधियानमा बन्धकहरूको मुक्ति, हमास समूहको निर्वासन र गाजा पट्टीको निशस्त्रीकरण समावेश हुने बताएको छ । मार्चमा इजरायलले दुई महिनाको युद्धविराम भङ्ग गरी आक्रमण पुनः सुरु गरेपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा कुनै प्रगति हुन सकेको छैन ।

नेतान्याहूले हमासको पराजयबिना युद्ध अन्त्ये नगर्ने बताउनुभएको छ भने हमासले आफ्ना हतियारहरू बुझाउन अस्विकार गरिरहेको छ । हमासले सबै इजरायली बन्धकहरूलाई एकै पटकमा रिहा गर्न इच्छुक भएता पनि इजरायल ‘अस्थायी युद्धविराम’को बदलामा आफ्ना कैदीहरूलाई रिहा गर्न चाहेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending