Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

गाजामा खाद्यान्न प्रवेशका लागि इजरायलद्वारा स्वीकृति

खबरडबली संवाददाता

गाजा । दुई महिनाभन्दा लामो नाकाबन्दी हटाउन बढ्दो दबाबको सामना गरेपछि इजरायलले गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न प्रवाह’ लाई अनुमति दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक गाजामा सेनाले अपरेसन अभियान सुरु गरेको  घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नका लागि छलफल गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सेनाको सिफारिसमा ‘गाजामा भोकमरीको अवस्था आउन नदिन’ इजरायलले जनताका लागि आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ ।

इजरायलले आफ्नो नाकाबन्दी प्यालेस्टिनी अतिवादी समूहविरूद्ध भएको बताएको छ, भने संयुक्त राष्ट्रसङ्का निकायहरूले खाना पानी, इन्धन र औषधीको गम्भीर अभावको चेतावनी दिएका छन् । इजरायलका सहयोगीसमेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै मानिसहरू भोकबाट गुज्रिरहेको र हामीले उक्त क्षेत्रमा हेरविचार गर्न गइरहेको बताएका थिए । 

फ्रान्सेली विदेश मन्त्री जाँ–नोएल ब्यारोले इजरायललाई ‘तत्काल बिना अवरोध’ सहायताको आपूर्ति पुनः सुरु गर्न अनुमति दिन आग्रह गरेका छन् । इजरायली सेनाले  गाजा पट्टी, उत्तर र दक्षिणमा स्थलगत अपरेसनहरू सुरु गरेको र प्रमुख स्थानमा सेना तैनाथ गरिएको बताएको छ ।

इजरायलले बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको भन्दै  शनिबारदेखि सुरु भएको अभियानमा दुई पक्षले कतारमा अप्रत्यक्ष वार्ता  गरेका थिए । नेतान्याहुको कार्यालयले भने दोहाका वार्ताकारहरूले लडाइँ अन्त्य गर्ने सम्झौताका रूपमा सबै सम्भावनाहरू समाप्त गर्ने काम गरिरहेको उल्लेख गरेको छ । मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका दूत स्टिभ विटकोफ पनि छलफलहरूमा संलग्न रहेका थिए । 

नेतान्याहुको वक्तव्यमा अधियानमा बन्धकहरूको मुक्ति, हमास समूहको निर्वासन र गाजा पट्टीको निशस्त्रीकरण समावेश हुने बताएको छ । मार्चमा इजरायलले दुई महिनाको युद्धविराम भङ्ग गरी आक्रमण पुनः सुरु गरेपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा कुनै प्रगति हुन सकेको छैन ।

नेतान्याहूले हमासको पराजयबिना युद्ध अन्त्ये नगर्ने बताउनुभएको छ भने हमासले आफ्ना हतियारहरू बुझाउन अस्विकार गरिरहेको छ । हमासले सबै इजरायली बन्धकहरूलाई एकै पटकमा रिहा गर्न इच्छुक भएता पनि इजरायल ‘अस्थायी युद्धविराम’को बदलामा आफ्ना कैदीहरूलाई रिहा गर्न चाहेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: