Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ करोड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

खबरडबली संवाददाता

वासिंगटन डिसी। डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् ।

राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार परिरहेको छ ।

जस अनुसार ट्रम्पको हिरासतमा रहेको नौसेना आधारमा बस्ने प्रत्येक व्यक्तिका लागि अमेरिकाको करोडौं रुपैयाँ खर्च हुने बताइएको छ । सिनेटर ग्यारी पिटर्सले सुनुवाइका क्रममा नौसेना आधारमा बस्ने आप्रवासीहरूको लागत करोडौं रहेको बताएका हुन् । यस्तो अवस्थामा आप्रवासीहरूलाई नौसेना आधारमा राख्नु ट्रम्पका लागि महँगो साबित भएको छ । किनभने, यसरी राख्दा दैनिक १ करोड ३७ लाख नेपाली रूपैयाँ बराबर खर्च भइरहेको छ ।

पिटर्सले भने, ‘हामी कसैलाई ग्वान्टानामोमा राख्नको लागि प्रति दिन १ लाख डलर खर्च गर्दैछौं। हामी तिनीहरूलाई केही समयको लागि त्यहाँ राख्छौं, त्यसपछि हामी तिनीहरूलाई संयुक्त राज्य अमेरिका लैजान्छौं, हामी तिनीहरूलाई अमेरिकामा दिनको जम्मा १६५ अमेरिकन डलरमा पनि राख्न सक्छौं तर मलाई लाग्छ उता लगेर राख्नु अमेरिकाको ठूलो अपमान हो।’ अमेरिकी अधिकारीका अनुसार अहिले त्यहाँ करिब ७० आप्रवासी हिरासतमा रहेका छन्।

उता, अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयु) ले १० आप्रवासीहरूलाई आधारमा स्थानान्तरण गर्नबाट रोक्न मार्चमा मुद्दा दायर गरेको थियो। मुद्दामा एसीएलयुले ग्वान्टानामोमा आप्रवासीहरूलाई दिनको कम्तिमा २३ घण्टा झ्यालविहीन कोठामा राखिएको आरोप लगाएको छ। उनीहरूलाई स्ट्रिप गरिएको थियो र उनीहरूका परिवारका सदस्यहरूसँग सम्पर्क गर्न समेत दिइएको थिएनन । एसीएलयुका अनुसार केही कैदीबन्दीले आफुमाथी निकै अपमानजनक भएको भन्दै आत्महत्याको प्रयाससमेत गरेका थिए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending