वासिंगटन डिसी। डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् ।
राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार परिरहेको छ ।
जस अनुसार ट्रम्पको हिरासतमा रहेको नौसेना आधारमा बस्ने प्रत्येक व्यक्तिका लागि अमेरिकाको करोडौं रुपैयाँ खर्च हुने बताइएको छ । सिनेटर ग्यारी पिटर्सले सुनुवाइका क्रममा नौसेना आधारमा बस्ने आप्रवासीहरूको लागत करोडौं रहेको बताएका हुन् । यस्तो अवस्थामा आप्रवासीहरूलाई नौसेना आधारमा राख्नु ट्रम्पका लागि महँगो साबित भएको छ । किनभने, यसरी राख्दा दैनिक १ करोड ३७ लाख नेपाली रूपैयाँ बराबर खर्च भइरहेको छ ।
पिटर्सले भने, ‘हामी कसैलाई ग्वान्टानामोमा राख्नको लागि प्रति दिन १ लाख डलर खर्च गर्दैछौं। हामी तिनीहरूलाई केही समयको लागि त्यहाँ राख्छौं, त्यसपछि हामी तिनीहरूलाई संयुक्त राज्य अमेरिका लैजान्छौं, हामी तिनीहरूलाई अमेरिकामा दिनको जम्मा १६५ अमेरिकन डलरमा पनि राख्न सक्छौं तर मलाई लाग्छ उता लगेर राख्नु अमेरिकाको ठूलो अपमान हो।’ अमेरिकी अधिकारीका अनुसार अहिले त्यहाँ करिब ७० आप्रवासी हिरासतमा रहेका छन्।
उता, अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयु) ले १० आप्रवासीहरूलाई आधारमा स्थानान्तरण गर्नबाट रोक्न मार्चमा मुद्दा दायर गरेको थियो। मुद्दामा एसीएलयुले ग्वान्टानामोमा आप्रवासीहरूलाई दिनको कम्तिमा २३ घण्टा झ्यालविहीन कोठामा राखिएको आरोप लगाएको छ। उनीहरूलाई स्ट्रिप गरिएको थियो र उनीहरूका परिवारका सदस्यहरूसँग सम्पर्क गर्न समेत दिइएको थिएनन । एसीएलयुका अनुसार केही कैदीबन्दीले आफुमाथी निकै अपमानजनक भएको भन्दै आत्महत्याको प्रयाससमेत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: