काठमाडौं । मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक रहेको र त्यसलाई प्रविधिसँगै जोडेर लैजान सक्नुपर्ने धारणा व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालद्वारा शुक्रबार आयोजित पाँच मातृभाषामा अनुवादित आचारसंहिता पुस्तिका एवं संहिता भाषागत पत्रकारिता विशेषाङ्क पुस्तक सार्वजनिकीकरणमा उनले भने, “भाषा जोगाउन सबैको सामूहिक प्रयासको खाँचो छ । स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा रहँदैन । पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी छ ।”
डा. ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताए । काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य सकारात्मक रहेको बताए, “भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो। यो एक एड्भेन्चर हो”, उनले भने ।
नेपाली मिडियामा विभिन्न आठ मातृभाषाका आचारसंहिता प्रयोगमा छन् । भाषा आयोगका अध्यक्ष डा ठाकुरसहित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले पुस्तिका सार्वजनिक गरे ।
भोजपुरी, राई (वान्तावा), तामाङ, डोट्याली, लिम्बू भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरेको हो । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
कार्यक्रममा राससका अध्यक्ष झाले मातृभाषा पत्रकारिताले आर्थिक सङ्कट भोगिरहेकाले फस्टाउन नसकेको धारणा राखे । उनले भने, “कुनै वर्ग तथा समुदायको पहिचान जोगाउने माध्यम नै भाषा हो । भाषा पहिचान, परिचय, सभ्यतासँग जोडिएको विषय हो । स्थानीय निकायलाई पनि भाषा जगेर्नामा जिम्मेवार बनाउनुपर्ने बेला आएको छ ।”
उनले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी रहेको उल्लेख गरे । “आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प छैन”, उनले भने । मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र सबल नहुने उनले बताए ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले भाषाभाषीको संरक्षण तथा सम्वर्द्धनमा काम गर्दे आएकामा यो पनि एउटा महत्त्वपूर्ण कदम रहेको बताए । उनले भने, “भाषागत पत्रकारितालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा बहस जरुरी छ । भाषागत पत्रकारिताले हाम्रो पत्रकारिता सुन्दर बन्न पुगेको छ । सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको हो ।”
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकार आचारसंहिता पत्रकारले मात्र नभई सबैले बुझ्नुपर्ने बताए । उनले भने, “अब पत्रकारिताको गुणस्तरको विषयमा बहस र छलफल हुन आवश्यक छ । भाषाभाषीको संरक्षणमा गोरखापत्रले साथ दिँदै आएको छ । विभिन्न भाषामा सामग्री उत्पादन गर्दै आएको छ ।”
सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फूलमान बलले पत्रकारिताको माध्यमबाट मातृभाषा विस्तारका लागि सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गरे । उनले भने, “पत्रकारिताको माध्यम रुपान्तरण हुनुपर्छ । अहिले न्यू मिडियाको प्रचलन छ । यी अनुवाद गरिएकालाई भिजुअल, अडियो वा विभिन्न माध्यमबाट पनि लानुपर्छ। न्यू मिडियामैत्री बनाउनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: