जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अपरान्ह ४ देखि ५ बजेसम्म निरन्तर असिना परेको थियो।
तिला गाउँपालिका–९ रासागाउँका मोतिराम बुढाले असिनाले बालीनालीमा क्षति पुर्याएको बताए। उनले भने, ‘भित्र्याउन तयारी अवस्थामा रहेको जौं सखाप बनायो, पूरै खेतमै झारिदियो । यता बारीमा लगाएको गहुँबालीमा नोक्सान गरेको छ। सिमी, आलु, मकै, फापर पनि पूरा नष्ट गरेको छ।
अर्का किसान उमेश रावतका अनुसार फलफूलहरू स्याउ, आरु, ओखरका चिचिलासमेत असिनाले झारेको छ। उमेशले गुनासो गरे, ‘यो वर्षको हिउँदमा यति पनि हिउँ परेको थिएन अहिले असिना जति पर्यो। पहिलोपटक यति धेरै मात्रामा असिना परेको छ। भित्र्याउने बेलाको बाली सबै सखाप भयो, अब बर्खा कसरी टार्नु।’
तत्कालै किसानको मन थाम्न स्थानीय सरकार र प्रशासनले राहतको उचित प्रबन्ध मिलाउनुपर्ने उनीहरूको भनाइ छ।यस्तै असिनाले सबै बाली नष्ट गरेपछि गाउँमा भेला बोलाइएको छ। भेलाले तत्काल अनुगमनको लागि प्रहरी चौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी किसान बताउँछन्।
असिनाले राँसाका १ सय १० र मालापानी गाउँका ६८ घर प्रभावित बनेका छन्। यता तिला(९ का वडाध्यक्ष धनबहादुर रावतले तत्काल असिनाले क्षति पुर्याएको गाउँमा पुगेर अनुगमन गर्ने बताए। उनले भने, ‘असिनाले सबै बालीनाली सखाप पारिसक्यो। अब उहाँहरूलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ।’
अध्यक्ष रावतले स्थानीय सरकारले किसानका दुस्ख पीडा झरेका आँसु पुछ्ने प्रायास गर्ने बताए। सक्नेजति राहत उपलब्ध गराउने वाचा उनले गरे। अन्य प्रशासन, प्रदेश र संघका हारगुहार गर्ने उनको भनाइ छ।
यस्तै मंगलबार बेलुका परेको वर्षा संगै आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–१ देवारगाँउका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ। खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रूपमा क्षति पुगेको छ।
रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिरोले धानका बेर्नामा क्षति गर्दा किसनाहरू रोपाइँ नहुने चिन्तमा छन्। १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा क्षति पुर्याएको तिला-१ का वडाध्यक्ष रतन शाहीले बताए।
अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्ण रूपमा नष्ट गरेको शाहीले बताए। रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरू अन्य बाली लगाउने विकल्पको खोजीमा छन्।
यसअघि वैशाखमा जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा असिना परेर बालीनालीमा लाखौंको क्षति पुर्याएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: