जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अपरान्ह ४ देखि ५ बजेसम्म निरन्तर असिना परेको थियो।
तिला गाउँपालिका–९ रासागाउँका मोतिराम बुढाले असिनाले बालीनालीमा क्षति पुर्याएको बताए। उनले भने, ‘भित्र्याउन तयारी अवस्थामा रहेको जौं सखाप बनायो, पूरै खेतमै झारिदियो । यता बारीमा लगाएको गहुँबालीमा नोक्सान गरेको छ। सिमी, आलु, मकै, फापर पनि पूरा नष्ट गरेको छ।
अर्का किसान उमेश रावतका अनुसार फलफूलहरू स्याउ, आरु, ओखरका चिचिलासमेत असिनाले झारेको छ। उमेशले गुनासो गरे, ‘यो वर्षको हिउँदमा यति पनि हिउँ परेको थिएन अहिले असिना जति पर्यो। पहिलोपटक यति धेरै मात्रामा असिना परेको छ। भित्र्याउने बेलाको बाली सबै सखाप भयो, अब बर्खा कसरी टार्नु।’
तत्कालै किसानको मन थाम्न स्थानीय सरकार र प्रशासनले राहतको उचित प्रबन्ध मिलाउनुपर्ने उनीहरूको भनाइ छ।यस्तै असिनाले सबै बाली नष्ट गरेपछि गाउँमा भेला बोलाइएको छ। भेलाले तत्काल अनुगमनको लागि प्रहरी चौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी किसान बताउँछन्।
असिनाले राँसाका १ सय १० र मालापानी गाउँका ६८ घर प्रभावित बनेका छन्। यता तिला(९ का वडाध्यक्ष धनबहादुर रावतले तत्काल असिनाले क्षति पुर्याएको गाउँमा पुगेर अनुगमन गर्ने बताए। उनले भने, ‘असिनाले सबै बालीनाली सखाप पारिसक्यो। अब उहाँहरूलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ।’
अध्यक्ष रावतले स्थानीय सरकारले किसानका दुस्ख पीडा झरेका आँसु पुछ्ने प्रायास गर्ने बताए। सक्नेजति राहत उपलब्ध गराउने वाचा उनले गरे। अन्य प्रशासन, प्रदेश र संघका हारगुहार गर्ने उनको भनाइ छ।
यस्तै मंगलबार बेलुका परेको वर्षा संगै आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–१ देवारगाँउका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ। खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रूपमा क्षति पुगेको छ।
रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिरोले धानका बेर्नामा क्षति गर्दा किसनाहरू रोपाइँ नहुने चिन्तमा छन्। १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा क्षति पुर्याएको तिला-१ का वडाध्यक्ष रतन शाहीले बताए।
अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्ण रूपमा नष्ट गरेको शाहीले बताए। रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरू अन्य बाली लगाउने विकल्पको खोजीमा छन्।
यसअघि वैशाखमा जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा असिना परेर बालीनालीमा लाखौंको क्षति पुर्याएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - ०९:५०
भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...
बैशाख २३ गते, २०८३ - ०९:४७
रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...
बैशाख २३ गते, २०८३ - ०९:४३
इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...
बैशाख २३ गते, २०८३ - ०९:३९
पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...
बैशाख २३ गते, २०८३ - ०९:३७
नेपालगन्ज । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थ...
बैशाख २३ गते, २०८३ - ०९:२५
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्रा...
बैशाख २३ गते, २०८३ - ०९:२४
जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ हलचल देखिएको छ। जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको भविष्य अ...
बैशाख २३ गते, २०८३ - ०९:२२
सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो, भने सुजन गन्धर्व ले आठ वर्षदेखि यही पेशालाई जीवनयापनको आधार बनाएका छन्। उनी...
बैशाख २३ गते, २०८३ - ०९:२०
म्याग्दी । धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव र कमजोर प्रचारप्रसारका कारण ओझेलमा परेको छ। जेल्तुङ गाउँ नजिक ...
बैशाख २३ गते, २०८३ - ०९:१९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...


प्रतिकृया लेख्नुहोस्: