बर्लिन । युरोपेली मुलुक जर्मनीले आफ्नो भिसाको नयाँ नीतिलाई लिएर ठूलो घोषणा गरेको छ ।
खासमा जर्मनीले १ जुलाई २०२५ देखि ‘रिमोन्स्ट्रेशन’ भनेर चिनिने अनौपचारिक भिसा अपील अन्त्य गर्ने घोषणा गरेको छ। वास्तवमा, यसको फाइदा यो थियो कि जब कसैले जर्मनीको भिसाको लागि आवेदन दियो र उसको भिसा अस्वीकृत भयो भने पनि उसले थप कागजातहरू देखाएर यो विकल्पमार्फत भिसा प्राप्त गर्न सक्थे । तर, यो नयाँ नीति लागु भए पछि अब एक पटक भिसा अस्वीकृत भएसँगै तपाइँसँग अर्को विकल्प हुने छैन्।
हालसम्म भिसा अस्वीकृत भएका व्यक्तिहरूले कानुनी प्रक्रिया बिना अतिरिक्त कागजात वा स्पष्टीकरण पेश गरेर निर्णयलाई चुनौती दिने विकल्प कायम गरिएको थियो। संघीय विदेश कार्यालयले घोषणा गरेको यो कदमले हरेक वर्ष जर्मन भिसाका लागि आवेदन दिने हजारौं बिदेशी विद्यार्थी र कामको खोजीमा जर्मनी जाने मानिसहरूलगायत विश्वभरका आवेदकहरूलाई असर गर्ने भएको छ ।जर्मनीले गरेको यो घोषणा पछि जुलाई देखि कुनै आवेदकको जर्मन भिसा अस्वीकृत भएपछि उसले भिसा पाउनको लागि यो विकल्प बाँकी रहने छैन् बरु उनीसँग दुईवटा मात्रै विकल्प बाँकी रहनेछ । पहिलो, नयाँ भिसा आवेदन दायर गर्नु पर्नेछ र दोस्रो बर्लिनको जर्मनीको प्रशासनिक अदालतमा औपचारिक कानूनी अपील गर्न सकिनेछ ।
तर, भिसा अस्वीकार गरेपछि कानुनी अपील गर्न भने त्यति सजिलो छैन। कानूनी अपीलहरू समय खपत र महँगो हुने गर्छन र सामान्यतया जर्मनका स्थानिय वकिल नै चाहिन्छ। कतिपय मुद्दाहरू समाधान हुन २ वर्षसम्म लाग्न सक्छ।
जर्मनीको भिसामा यो भर्खरको परिवर्तन जुन २०२३ मा सुरु भएको पायलट प्रोजेक्ट पछि भएको हो। जर्मन विदेश कार्यालयका अनुसार भिसा प्राप्त गर्न यो विकल्प हटाउँदा धेरै फाइदाहरू हुनेछन् । वास्तवमा, यो नयाँ परिवर्तन पछि कर्मचारीहरू अस्वीकृत आवेदनमा मात्रै अड्किने छैनन्, नयाँ आवेदनमा पनि छिटो काम गर्न सक्ने भएकाले भिसा जारी गर्ने कामले गति लिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: