Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

खबरडबली संवाददाता

पटना। बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ।

सन् २००५ मा वन क्षेत्र ७.६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५.०५ प्रतिशत पुगेको छ ।

वातावरण, वन तथा जलवायु परिवर्तन विभागका मन्त्री डा सुनिल कुमारले एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

सो अवसरमा वातावरण मन्त्रीले सन् २०२८ सम्ममा बिहार राज्यको हरियाली क्षेत्र १७ प्रतिशत पुर्‍याउने सरकारको योजना रहेको र यसका लागि विभागीय तहमा तीव्र गतिमा पहल भइरहेको पनि बताए । उनका अनुसार सन् २००५  सम्म बिहार अन्धकारको बिहार भए पनि आजको बिहार देशको सबैभन्दा छिटो विकास हुने राज्यमा गनिएको जानकारी दिए । 

उनका अनुसार बिहारको विकास दर झन्डै १२ प्रतिशत रहेको र राष्ट्रिय वृद्धिदरभन्दा धेरै बढी रहेको पनि दावी गरेका छन । जैविक विविधतामा भएको तीव्र परिवर्तन वा त्यसमा हुने क्षतिको प्रत्यक्ष असर जलवायुमा परेको उनको भनाइ छ । जसका कारण जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, जमिनको क्षयजस्ता धेरै नराम्रा असरहरु देखा परिरहेका छन् । सबै जनजाति र अनुसूचित जातिको गाउँ पहिचान गरी थप विकास गरिने पनि बताए ।

यी गाउँपालिकाका बासिन्दालाई २० एकड जग्गा दिइने छ, जसमा फलफूलका रुख रोपिनेछ । यसले हरियो कभर बढाउनुका साथै जैविक विविधताको विकास गर्नेछ। विभागका अतिरिक्त मुख्य सचिव हरजोत कौर बम्हराले प्रदेशमा १ सय ३३ सिमसार क्षेत्र रहेको बताइन्, जसको क्षेत्रफल १०० एकडभन्दा बढी छ । यिनको संरक्षण गर्‍यौं भने जैविक विविधता जोगाउन निकै सहयोगी साबित हुनेछ । उनका अनुसार राज्यका तीन प्रमुख रामसार साइटहरूमा बेगुसरायको कंवर ताल, जमुईको नागी नक्टी र अन्य समावेश रहेका छन्।

यसबाहेक राज्यमा अन्य साइटहरू खोजी भइरहेको छ। यसमा छपराको चिरन्द, औरंगाबादको भीम क्षेत्र र बिहार शरीफजस्ता ठाउँहरू पनि समावेश रहेका छन्। यी स्थानहरू समेटेर २ हजार ५९२ हेक्टर क्षेत्रफल विकास गर्ने योजना पनि सार्बजनिक गरिएको छ । जैविक विविधताका सम्बन्धमा साझा कार्ययोजना तयार भइरहेको उनले बताए । यसमा सबै विभाग र नागरिक समाजका व्यक्तिहरूलाई पनि समावेश गरिनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending