पटना। बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ।
सन् २००५ मा वन क्षेत्र ७.६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५.०५ प्रतिशत पुगेको छ ।
वातावरण, वन तथा जलवायु परिवर्तन विभागका मन्त्री डा सुनिल कुमारले एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन ।
सो अवसरमा वातावरण मन्त्रीले सन् २०२८ सम्ममा बिहार राज्यको हरियाली क्षेत्र १७ प्रतिशत पुर्याउने सरकारको योजना रहेको र यसका लागि विभागीय तहमा तीव्र गतिमा पहल भइरहेको पनि बताए । उनका अनुसार सन् २००५ सम्म बिहार अन्धकारको बिहार भए पनि आजको बिहार देशको सबैभन्दा छिटो विकास हुने राज्यमा गनिएको जानकारी दिए ।
उनका अनुसार बिहारको विकास दर झन्डै १२ प्रतिशत रहेको र राष्ट्रिय वृद्धिदरभन्दा धेरै बढी रहेको पनि दावी गरेका छन । जैविक विविधतामा भएको तीव्र परिवर्तन वा त्यसमा हुने क्षतिको प्रत्यक्ष असर जलवायुमा परेको उनको भनाइ छ । जसका कारण जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, जमिनको क्षयजस्ता धेरै नराम्रा असरहरु देखा परिरहेका छन् । सबै जनजाति र अनुसूचित जातिको गाउँ पहिचान गरी थप विकास गरिने पनि बताए ।
यी गाउँपालिकाका बासिन्दालाई २० एकड जग्गा दिइने छ, जसमा फलफूलका रुख रोपिनेछ । यसले हरियो कभर बढाउनुका साथै जैविक विविधताको विकास गर्नेछ। विभागका अतिरिक्त मुख्य सचिव हरजोत कौर बम्हराले प्रदेशमा १ सय ३३ सिमसार क्षेत्र रहेको बताइन्, जसको क्षेत्रफल १०० एकडभन्दा बढी छ । यिनको संरक्षण गर्यौं भने जैविक विविधता जोगाउन निकै सहयोगी साबित हुनेछ । उनका अनुसार राज्यका तीन प्रमुख रामसार साइटहरूमा बेगुसरायको कंवर ताल, जमुईको नागी नक्टी र अन्य समावेश रहेका छन्।
यसबाहेक राज्यमा अन्य साइटहरू खोजी भइरहेको छ। यसमा छपराको चिरन्द, औरंगाबादको भीम क्षेत्र र बिहार शरीफजस्ता ठाउँहरू पनि समावेश रहेका छन्। यी स्थानहरू समेटेर २ हजार ५९२ हेक्टर क्षेत्रफल विकास गर्ने योजना पनि सार्बजनिक गरिएको छ । जैविक विविधताका सम्बन्धमा साझा कार्ययोजना तयार भइरहेको उनले बताए । यसमा सबै विभाग र नागरिक समाजका व्यक्तिहरूलाई पनि समावेश गरिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: