ढाका । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । यो वार्ता पछिल्लो समय सरकारमाथि बढ्दो राजनीतिक दबाबको सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।
युनुसले सत्ता समर्थन गर्ने दलहरू मात्र होइन, प्रतिद्वन्द्वी दलहरूसँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको बताइएको छ । युनुसका प्रेस सचिव शफीकुल आलमका अनुसार उनले डिसेम्बरको अन्त्यमा हुने सम्भावित निर्वाचनको तयारीका विषयमा नेसनलिस्ट पार्टी अफ बङ्गलादेश (बीएनपी) का नेताहरूसँग छलफल गर्ने छन् ।
साथै, युनुसले मुस्लिम राष्ट्र बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी दल इस्लामी पार्टीका नेताहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । देशमा शेख हसिनाको सरकार अपदस्त भएपछि बङ्गलादेश गम्भीर राजनीतिक सङ्कटमा फसेको छ । पछिल्ला दिनहरूमा ढाकाका सडकमा व्यापक विरोध प्रदर्शन र तनाव देखिएको छ ।
बिएनपीका मिडिया अधिकारी साइरुल कबिर खानका अनुसार, उनिहरूको पार्टीबाट वार्ताका लागि वरिष्ठ नेताहरू सहभागी हुनेछन् । इस्लामी पार्टीका मिडिया प्रवक्ता अताउर रहमानले पनि उनीहरूलाई वार्तामा सहभागी हुन सरकारबाट निमन्त्रणा आएको पुष्टि गरे ।
यसैबिच, बिहीबार एक राजनीतिक सहयोगी र युनुसको कार्यालय स्रोतले बताएका अनुसार, युनुसले यदि प्रमुख दलहरूले आफूलाई समर्थन नगरेमा राजीनामा दिने चेतावनी दिएका छन् ।
बुधबार, बिएनपीका समर्थकहरूले निर्वाचनको मिति तोक्न माग गर्दै पहिलो पटक अन्तरिम सरकारविरुद्ध सडक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूको दबाबबिच युनुसले निर्वासनबाट फर्किएपछि मुलुकको नेतृत्व सम्हालेको स्मरण गराउँदै चुनावअघि लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने आफ्नो जिम्मेवारी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: