Ntc summer Offer
Khabar Dabali ८ असार २०८२ आईतवार | 22nd June, 2025 Sun
Investment bank

गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन रास्वपाकाे माग

खबरडबली संवाददाता

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गरेको छ ।

शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।

‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । यता, गृह मन्त्रालयले भने शनिबार नै एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणमा मन्त्री लेखकको कुनै संलग्नता नभएको दाबी गरेको छ । त्यस्तै, अख्तियारबाट हुने सबै प्रकारका छानबिनमा सहयोग गर्ने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन् । ग...

काभ्रेपलाञ्चोकमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी का...

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ...

इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

जेरुसेलम । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि ...

प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् ।  काठमाडौँ महानग...

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः देउवा

ललितपुर । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताएका छन् ।  ब्रिटि...

गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन

संयुक्त राष्ट्रसङ्घ । गाजामा जारी युद्धका कारण सहायता र पहुँचमा समस्या उत्पन्न भएका छन् । यसले बाल कुपोषणको दरमा वृद्दि गरेको छ भन्ने कुरा संयुक्त राष...

माओवादी केन्द्रकाे बैतडी पार्टी कार्यालयमा आगलागी

बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेक...

नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।  यस क्षेत्रको दुम्कीबास खण्डमा दु...

टेस्लाले चीनमा पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्ने

न्युयोर्क । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending