अमेरिका। स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मङ्गलबार हिन्द महासागरमा विस्फोट भएको छ । यो विस्फोटले अर्बपति एलन मस्कको मङ्गल ग्रहमा बसोवास गर्ने सपनाको केन्द्रमा रहेको रकेटको अर्को कठिन परीक्षण उडानको अन्त्य गरेको छ ।
अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठुलो र शक्तिशाली प्रक्षेपण यान साँझ ६:३६ बजे (२३३६ जिएमटी) कम्पनीको स्टारबेस सुविधाबाट उडेको थियो । दक्षिणी टेक्सास गाउँ नजिकै रहेको यस गाउँमा यस महिनाको सुरुमा सहर बन्न मतदान भएपछि यसलाई स्टारबेस नाम राखिएको छ ।
पछिल्ला दुई प्रयास क्यारेबियनमाथि आगोको क्यासकेडमा माथिल्लो चरण विघटन भएर समाप्त भएपछि स्पेसएक्स इन्जिनियरहरू र दर्शकमाझ उत्साह उच्च थियो ।
तर समस्याका सङ्केतहरू चाँडै देखा परे: पहिलो चरणको सुपर हेभी बुस्टर मेक्सिकोको खाडीमा योजनाबद्ध स्प्ल्यासडाउन गर्नुको सट्टा विस्फोट भयो ।
त्यसपछि प्रत्यक्ष फिडले माथिल्लो चरणको स्पेससिपलाई स्टारलिङ्क स्याटेलाइट ‘सिमुलेटर’ को पेलोड तैनाथ गर्न आफ्नो ढोका खोल्न असफल भएको देखायो ।
जहाज आफ्नो अघिल्लो दुई प्रयासभन्दा धेरै टाढा उडेको भए पनि यसमा चुहावट भयो र अन्तरिक्षमा उडिरहँदा नियन्त्रणबाहिर घुम्न थाल्यो ।
मिसन टोलीहरूले अपेक्षित विस्फोटको बल घटाउन इन्धन निकाले र ६६ मिनेटको उडान हुनुपर्ने मध्ये लगभग ४५ मिनेटमा अनबोर्ड क्यामेराहरू बन्द भए– अस्ट्रेलियाको पश्चिमी तटबाट टाढाको लक्षित स्प्ल्यासडाउन क्षेत्रमा पुग्न असफल भयो ।
“स्टारसिपले द्रुत रूपमा अनिर्धारित विघटन अनुभव गर्यो”, स्पेसएक्सले एक्समा पोस्ट गर्यो । यसैबिच मस्कले गति बढाउने बाचा गर्दै भन्नुभयो, “अर्को तीन उडानहरूका लागि लन्च क्याडेन्स छिटो हुनेछ–लगभग प्रत्येक तीनदेखि चार हप्तामा एक ।”
अन्तरिक्ष प्रशंसकहरू
चार सय तीन फिट (एक सय २३ मिटर_ अग्लो, कालो र सेतो बेहेमोथ अन्तत: पूर्णरूपमा पुन: प्रयोग योग्य र कम लागतमा प्रक्षेपण गर्न डिजाइन गरिएको छ, जसले मानवतालाई बहु–ग्रह प्रजाति बनाउने मस्कको आशालाई बोकेको छ ।
नासाले अमेरिकीहरूलाई चन्द्रमामा फिर्ता गर्ने मिसन आर्टेमिस–३ का लागि चालक दल ल्यान्डरका रूपमा सेवा गर्न स्टारसिपको एक संस्करणमा भर परेको छ ।
प्रक्षेपण अघि दर्जनौँ अन्तरिक्ष प्रशंसक नजिकैको दक्षिण पाड्रे टापुको इस्ला ब्लान्का पार्कमा इतिहासको एक झलक पाउने आशामा भेला भएका थिए ।
धेरै साना पर्यटक डुङ्गाहरूले पनि ताललाई छोपेका थिए भने लाइभ फिडले मस्कलाई स्टारबेसको ग्राउन्ड कन्ट्रोलमा ‘अक्युपाई मार्स’ टी–सर्ट लगाएको देखाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: