Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

दुई महिनादेखि म्याराडोनाको मृत्यु मुद्दा सङ्कटमा

खबरडबली संवाददाता

काठमाडौं । महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा आरोपित सात अर्जेन्टिनी स्वास्थ्यकर्मीको मुद्दा सुरु भएको दुई महिनाभन्दा बढी समयपछि न्यायाधीशको निष्पक्षताबारे प्रश्न उठेपछि मुद्दा सङ्कटमा परेको छ ।

बचाव पक्षका वकिलहरूले न्यायाधीशको मुद्दासँग सम्बन्धित डकुमेन्ट्रीमा संलग्नताले उनको कर्तव्यको सम्भावित उल्लङ्घन, प्रभाव पार्ने काम र घुसखोरी समेत हुनसक्ने भनेपछि गत सप्ता मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो ।

मुद्दाको अध्यक्षता गर्ने तीन न्यायाधीशमध्ये एक जुलिएटा माकिन्टाचको सम्भावित निष्कासनले कारबाहीलाई रद्द गर्ने जोखिम छ । कोकेन र मदिराको लतसँग दशकौँसम्म सङ्घर्ष गरेपछि रगत जमेका कारण मस्तिष्कको शल्यक्रियाबाट निको हुँदै घरमा रहँदा ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा म्याराडोनाको मृत्यु भएको थियो ।

शल्यक्रिया गरेको दुई सातापछि हृदयाघात र तीव्र फोक्सोको सूजनका कारण उनको मृत्यु भएको थियो र दिउँसो काम गर्ने नर्सले उनलाई ओछ्यानमा मृत फेला पारेका थिए । म्याराडोनाको चिकित्सक टोलीमाथि ब्युनस आयर्सको उपनगर सान इसिड्रोमा उनको निजी घरमा स्वास्थ्य लाभको अवस्थाको सम्बन्धमा मुद्दा चलिरहेको छ ।

अभियोजकहरूले अन्तिम दिनहरूमा फुटबल आइकनको हेरचाहलाई गम्भीर लापरवाहीका रूपमा वर्णन गरेका छन् । मुद्दाको सुनुवाइ मङ्गलबार पुनः सुरु हुने तयारी गरिएको छ । सुनुवाइमा कम्तीमा एक वकिलले माकिन्टाचलाई हटाउन माग गर्ने अपेक्षा गरिएको छ । यदि उनलाई मुद्दाबाट हटाइयो भने उनको ठाउँमा अर्को न्यायाधीश राख्न सकिन्छ कि सकिँदैन वा नयाँ न्यायाधीशहरूको प्यानलसहित मुद्दा सुरुदेखि नै सुरु गर्नुपर्छ कि पर्दैन भनेर निर्धारण गर्नुपर्नेछ ।

“यो यति ठूलो स्क्यान्डल हो कि सारा विश्वले अर्जेन्टिनाको न्यायलाई सबैभन्दा खराब उदाहरणका रूपमा हेरिरहेको छ”, म्याराडोनाका छोरीहरूका वकिल फर्नान्डो बर्लान्डोले गत हप्ता स्थानीय रेडियोलाई भने । समस्या भनेको मुद्दाको फिल्म खिच्न प्रतिबन्ध भएको भए पनि अदालतमा क्यामेराको कथित प्रयोग हो ।

माकिन्टाचले कुनै फिल्म खिच्नमा भाग लिएको वा अनुमति दिएको अस्वीकार गरेका थिए, तर सप्ताहन्तमा अर्जेन्टिनी सञ्चारमाध्यमहरूमा साझा गरिएको फुटेजले मुद्दा सुरु हुनु अघिल्लो दिन उनलाई फिल्म टोलीले अन्तर्वार्ता लिएको देखाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE