Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भाेलि एमाले र राजावादीकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा हुने

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । यसैगरी, सोही दिन राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्व राजाका समर्थकले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा जनआन्दोलन गर्ने घोषणा गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार बिहीबारका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको छ । उनले नेकपा (एमाले) ले काठमाडौँको भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, टुँडीखेल क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने सम्बन्धमा जानकारी प्राप्त भएकोले सो अनुरुप सुरक्षा व्यवस्था मिलाइएको बताए । पूर्व राजाका समर्थकको आन्दोलनबारे भने औपचारिक जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

उनले भने, “हामी सुरक्षा योजना बनाएरै काम गरिरहेका छौं । नेपाल सरकारको औपचारिक कार्यक्रम पनि छ । नेकपा (एमाले) को सांस्कृतिक झाँकीसहितको र्‍याली भृकुटीमण्डपको वरीपरी केन्द्रीत गरेर छ । विरोधका कार्यक्रमका बारेमा औपचारिक जानकारी आएको छैन ।” सबै कार्यक्रम शान्तिपूर्णरुपमा हुने गरी तयारी अगाडि बढेको उनको भनाइ छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले काठमाडौँ उपत्यकासहित देशभरमा हुने गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रममा सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको रहेको बताए । विभिन्न राजनीतिक दलद्वारा बिहीबार आयोजना गरिने काठमाडौं केन्द्रित कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन तथा कानुन उल्लङ्घन हुन नदिने ढङ्गबाट सुरक्षा व्यवस्थापनको तयारी हुने उनको भनाइ छ ।

प्रवक्ता थापाले भने, “विभिन्न राजनीतिक दलहरुले पनि आ-आफ्नो कार्यक्रमबारे जानकारी दिए । दुई पक्षबिच झडप नहुने गरी पर्याप्त सुरक्षा व्यवस्थापन मिलाइएको छ । प्रहरी प्रधान कार्यालयले सुरक्षाको लागि पर्याप्त जनशक्ति, अन्य साधन स्रोत उपलब्ध गराएको अवस्था छ ।”

उनले कानुन उल्लङ्घन हुने गतिविधि भएमा तत्काल कानुनी कारवाही हुने बताए । उनले भने, “कानुन उल्लङ्घन हुन नदिन, अप्रिय घटना, आगजनी लगायत कुनै किसिमको अवाञ्छनीय कार्यक्रम हुन नदिन सुरक्षाको व्यवस्था मिलाइएको छ । त्यस्ता क्रियाकलाप भएका तत्काल कानुनी कारवाही गरिनेछ ।”

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार प्रदर्शन क्षेत्रमा कस्तो गतिविधि हुन्छ, त्यही अनुसार ट्राफिक व्यवस्थापन गरिने बताए । प्रवक्ता गिरीले भने, “पुरै सडक बन्द हुने अवस्था भयो भने सवारी साधन डाइभर्ट गर्नुपर्ने हुन्छ । एक, दुई लेन चल्ने अवस्था भयो भने त्यहीबाट सवारी साधन आवागमन हुने व्यवस्था मिलाइनेछ । परिस्थिती, मुभमेन्ट, मास र त्यहाँको गतिविधि हेरेर योजना तत्काल बनाउनुपर्ने हुन्छ ।”

नेकपा (एमाले) ले झाँकीसहितको उत्सव कार्यक्रम बिहान ११ बजेदेखि र पूर्व राजाका समर्थकले बिहान ९ बजेदेखि प्रदर्शन गर्ने बताएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले काठमाडौँ केन्द्रीत हुने कार्यक्रममा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको बताए । 

प्रमुख अधिकारीले भने, “हाम्रो पर्याप्त तयारी छ । सबै प्रकारका एकीकृत सुरक्षा योजना छ । त्यो अनुसार बिहानको समारोहदेखि व्यवस्थापन लगायत पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: