काठमाडौं । हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार खेलाडीको बिदाइ गरेको हो । नेपालले जुन ५ तारिख हङकङसँग मेत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले जुन १० तारिख लाओससँग एएफसी एसियन कप छनोट खेल्नेछ ।
नेपालले हङकङसँगको खेललाई लाओससँग खेल्ने रणनितिक तयारीको रुपमा लिएको छ । दुवै खेलका लाथि नेपालका मुख्य प्रशिक्षक म्याट रोसले यसअघिनै किरणकुमार चेम्जोङको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेका छन् ।
नेपाली टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले बिदाइ गरे । नेपाली टोली मङ्गलबार हङकङ जानेछ । हङकङमा खेलेपछि उतैबाट लाओस प्रस्थान जानेछ ।
नेपाली टोली
किरणकुमार चेम्जोङ (कप्तान), रोहित चन्द, जिलेस्पिजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ११ गते, २०८२ - २०:४१
काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्...
भाद्र ११ गते, २०८२ - २०:२८
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण...
भाद्र ११ गते, २०८२ - २०:२५
वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य...
भाद्र ११ गते, २०८२ - २०:०९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलन...
भाद्र ११ गते, २०८२ - १९:३०
उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ । सन् २०२५ सालअघि नै ट्र्याक खुले...
भाद्र ११ गते, २०८२ - १८:५३
काठमाडौं । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर क...
भाद्र ११ गते, २०८२ - १८:५०
डेनमार्क । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्र...
भाद्र ११ गते, २०८२ - १८:४४
टोकियो । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समू...
भाद्र ११ गते, २०८२ - १८:४१
कोलम्बो । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ...
भाद्र ११ गते, २०८२ - १८:३९
कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट...
प्रतिकृया लेख्नुहोस्: