तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए)पछिल्लो प्रतिवेदनलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ र ‘सन्तुलनविहीन’ भएको भन्दै कडा आलोचना गरेको छ ।
शनिबार परराष्ट्र मन्त्रालय र इरानको आणविक ऊर्जा संस्थाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“उक्त प्रतिवेदनले इरानले देखाएको सहयोगको स्तरलाई सत्यतासँग मेल खाने गरी प्रस्तुत गरेको छैन । बरु यसले अनावश्यक भ्रम फैलाउने काम मात्र गरेको छ ।”
आईएईएको सो प्रतिवेदनमा इरानले केही अघोषित स्थानहरूमा भेटिएको आणविक सामग्रीको बारेमा स्पष्ट विवरण नदिएको र सहकार्य असन्तोषजनक रहेको जनाइएको छ । यसमा अघिल्ला वर्षहरूमा पत्ता लागेका युरेनियमका अंशहरूबारे अझै स्पष्ट जानकारी नआएको समेत उल्लेख गरिएको छ ।
यो प्रतिवेदन अमेरिका र इरानबीच अप्रिलदेखि ओमानको मध्यस्थतामा हुँदै आएको अप्रत्यक्ष वार्ताका बिच सार्वजनिक भएको हो । हालसम्म मस्काट र रोममा गरी पाँच चरणका वार्ता सम्पन्न भइसकेका छन्, जसमा इरानको आणविक कार्यक्रम र त्यसमाथि लागेका प्रतिबन्धबारे छलफल भइरहेको छ ।
इरानले आफूले परमाणु हतियार नफैलाउने सन्धि (एनपिटी) र अन्तर्राष्ट्रिय निगरानी सम्झौताअनुसार सधैं पारदर्शी रूपमा सहकार्य गर्दै आएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ,“दुर्भाग्यवश, यति धेरै सहयोगका बाबजुद पनि आईएईएको प्रतिवेदनले हाम्रो प्रयासलाई न्याय गर्न सकेन ।”
इरानले अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमाथि सन् २०१५ मा गरिएको आणविक सम्झौता (जेसीपीओए) र संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय २२३१ को उल्लङ्घन गर्दै बारम्बार ‘अवैधानिक प्रतिबन्ध र राजनीतिक दबाब’ सिर्जना गरेको आरोप लगाएको छ ।
तेहरानले चेतावनी दिँदै भन्यो,“यदि आगामी असार २ गते हुने आईएईए बोर्ड अफ गभर्नर्सको बैठकमा यो प्रतिवेदनलाई आधार मानी हाम्रो विरुद्ध कुनै कदम चालियो भने, इरानले पनि आफ्ना अधिकार र हित जोगाउन आवश्यक प्रतिकार गर्नेछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: