Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

खबरडबली संवाददाता

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए)पछिल्लो प्रतिवेदनलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ र ‘सन्तुलनविहीन’ भएको भन्दै कडा आलोचना गरेको छ ।

शनिबार परराष्ट्र मन्त्रालय र इरानको आणविक ऊर्जा संस्थाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“उक्त प्रतिवेदनले इरानले देखाएको सहयोगको स्तरलाई सत्यतासँग मेल खाने गरी प्रस्तुत गरेको छैन । बरु यसले अनावश्यक भ्रम फैलाउने काम मात्र गरेको छ ।”

आईएईएको सो प्रतिवेदनमा इरानले केही अघोषित स्थानहरूमा भेटिएको आणविक सामग्रीको बारेमा स्पष्ट विवरण नदिएको र सहकार्य असन्तोषजनक रहेको जनाइएको छ । यसमा अघिल्ला वर्षहरूमा पत्ता लागेका युरेनियमका अंशहरूबारे अझै स्पष्ट जानकारी नआएको समेत उल्लेख गरिएको छ ।

यो प्रतिवेदन अमेरिका र इरानबीच अप्रिलदेखि ओमानको मध्यस्थतामा हुँदै आएको अप्रत्यक्ष वार्ताका बिच सार्वजनिक भएको हो । हालसम्म मस्काट र रोममा गरी पाँच चरणका वार्ता सम्पन्न भइसकेका छन्, जसमा इरानको आणविक कार्यक्रम र त्यसमाथि लागेका प्रतिबन्धबारे छलफल भइरहेको छ ।

इरानले आफूले परमाणु हतियार नफैलाउने सन्धि (एनपिटी) र अन्तर्राष्ट्रिय निगरानी सम्झौताअनुसार सधैं पारदर्शी रूपमा सहकार्य गर्दै आएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ,“दुर्भाग्यवश, यति धेरै सहयोगका बाबजुद पनि आईएईएको प्रतिवेदनले हाम्रो प्रयासलाई न्याय गर्न सकेन ।”

इरानले अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमाथि सन् २०१५ मा गरिएको आणविक सम्झौता (जेसीपीओए) र संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय २२३१ को उल्लङ्घन गर्दै बारम्बार ‘अवैधानिक प्रतिबन्ध र राजनीतिक दबाब’ सिर्जना गरेको आरोप लगाएको छ ।

तेहरानले चेतावनी दिँदै भन्यो,“यदि आगामी असार २ गते हुने आईएईए बोर्ड अफ गभर्नर्सको बैठकमा यो प्रतिवेदनलाई आधार मानी हाम्रो विरुद्ध कुनै कदम चालियो भने, इरानले पनि आफ्ना अधिकार र हित जोगाउन आवश्यक प्रतिकार गर्नेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: