Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय

खबरडबली संवाददाता

ओस्लो । युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो ।

नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु रहेको बताइएको छ । यो मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ ।

नर्वे विद्युतीय सवारी साधनको प्रयोगमा विश्वमै अगाडि रहेको देश हो । नर्वेली सडक महासङ्घ (ओएफभी)का अनुसार, मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३ दशमलव ९ प्रतिशत विद्युतीय थिए । यस वर्षको पहिलो पाँच महिनामा यो अनुपात ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

मे महिनामा टेस्लाले नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीको उपाधि पुनः प्राप्त गरेको छ । सो महिनामा टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८ दशमलव २ प्रतिशत पुगेको हो । यद्यपि, वर्षको पहिलो पाँच महिनामा टेस्लाको कुल बिक्री ८ दशमलव ३ प्रतिशत मात्र बढेको छ, जुन समग्र गाडी बजारको ३० दशमलव ६ प्रतिशत वृद्धिको तुलनामा कम हो । सो अवधिमा टेस्लाको बजार हिस्सा १२ दशमलव ९ प्रतिशत रहेको छ, जसले यसलाई जर्मन कम्पनी भोल्क्सवागनपछि दोस्रो स्थानमा राखेको छ ।

युरोपेली सङ्घभित्र भने अप्रिल महिनामा टेस्लाको बिक्री आधा घटेको थियो । त्यहाँ टेस्लाको बजार हिस्सा घटेर एक दशमलव एक प्रतिशतमा झरेको देखिन्छ । यसको कारण चिनियाँ गाडी कम्पनीहरूको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताहरूले कम्पनीका मालिक इलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु हो भनिएको छ ।

ओएफभीका निर्देशक ओइभिन्ड सोलबर्ग थोर्सेनले भने,“नर्वेमा टेस्लाको बिक्री अवस्थाले अन्य युरोपेली मुलुकहरूको तुलनामा फरक र विशेष स्थिति देखाउँछ, जहाँ यसको माग घट्दो क्रममा छ ।” प्रयोग गरिएको गाडी व्यवसायमा आवद्ध विश्लेषक जोनाथन पारले टेलिभिजन च्यानल दुईसँग भने, “नर्वेली उपभोक्ताका लागि मूल्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।”

“धेरै नर्वेलीहरू इलन मस्कलाई मन नपराए पनि टेस्ला चढ्न कुनै हिचकिचाहट मान्दैन ।” यद्यपि, केही नर्वेली सञ्चारमाध्यमहरूले पछिल्ला महिनाहरूमा केही टेस्ला प्रयोगकर्ताहरूले आफ्नो गाडी बेच्न थालेको र भविष्यमा टेस्ला नकिन्ने निर्णय लिएको समाचार प्रकाशित गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: