नेपालगन्ज। ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठुलो पर्व ईद–उल–अजहा (बकर ईद) बाँकेमा धुमधामका साथ शनिबार मनाइँदै छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।
आज बिहान स्थानीय ईदगाहमा बकर ईदको सामूहिक नमाज पढेर सुरु भएको पर्व तीन दिनसम्म खसी, भेडा र राँगा हलाल गरेर कुरबानी गरी तेस्रो दिन समापन गरिने परम्परा रहेको छ ।
ईस्लाम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार त्याग, बलिदान र कुरबानीको पर्वका रुपमा मनाइने यो पर्वको अन्य पर्वभन्दा विशेष महत्त्व छ ।
ईदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सदभाव, शान्ति, अमनचैन तथा आर्थिक विकासको कामना गर्दै विशेष दुआ मागिएको थियो ।
सो अवसरमा शुभकामना साटासाटका लागि बिपी चोकस्थित स्थानीय ईदगाहमा सर्वोच्च अदालतका न्यायधिश अब्दुल अजिज मुसलमान, पूर्व सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखहरु समेत पुग्नु भएको थियो ।
सो अवसरमा पूर्वमन्त्री राईले सदभाव र आपसी भाइचाराको पर्वलाई सबैले मिलेर मनाउन पाउँदा गर्व लागेको बताए ।
बकर ईदमा कुर्वानी (पशुबली) दिने चलन भएकाले कुरबानी गराउने आर्थिक रुपमा क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा वा राँँगा जस्ता जानवरको कुरबानी गराउनु पर्ने धर्मगुरुहरुको भनाइ छ ।
मुस्लिम सुमदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धन सम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकर ईदमा कुरबानी गराउनु पर्ने धार्मिक नियम रहेको धर्म गुरुहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ११:२२
काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो । ...
बैशाख २४ गते, २०८३ - ११:०६
तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...
बैशाख २४ गते, २०८३ - १०:५१
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...
बैशाख २४ गते, २०८३ - १०:४१
बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...
बैशाख २३ गते, २०८३ - १७:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...
बैशाख २३ गते, २०८३ - १७:०३
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...
बैशाख २३ गते, २०८३ - १६:५१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...
बैशाख २३ गते, २०८३ - १६:४१
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...
बैशाख २३ गते, २०८३ - १६:०६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...
बैशाख २३ गते, २०८३ - १५:५२
काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...


प्रतिकृया लेख्नुहोस्: