कैलाली। परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताएको छिन् ।
राहदानी विभागद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले राहदानी प्राप्त गर्नु नागरिकको अधिकार भएको बताउदै यसमा कुनै प्रकारको अवरोध हुन नहुने धारणा औंल्याइन्।
परराष्ट्रमन्त्री राणाले विगतमा राहदानी बनाउन झन्झटिलो प्रक्रियाले सर्वसाधारणलाई समस्या भएको बताउदै अब डिजिटल प्रविधिको माध्यमबाट सजिलो र सुलभ सेवा प्रवाह गर्ने दिशामा सरकार अघि बढेको बताइन् ।
उनले भने, “पहिला राहदानी बनाउन धेरै गाह्रो थियो । अहिले भने अनलाइनबाटै ई–पासपोर्ट सजिलै बनाउन सकिने अवस्था बनिसकेको छ, प्रविधिको प्रयोग गरेर यो प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सोचिरहेका छौँ ।”
परराष्ट्रमन्त्री राणाले राहदानी वितरण प्रक्रियामा अझै पनि केही समस्या रहेकोे स्वीकार गर्दै एक जिल्लाबाट बनाएको राहदानी अर्को जिल्लामा पठाउने, पुन: त्यहाँबाट ल्याउन जानुपर्ने जस्ता समस्या रहेका छन् सुधारको प्रयास जारी रहेको उनको भनाइ छ ।
उनले भनिन्, “राहदानी वितरण प्रक्रियामा दखिएका समस्या समाधान गर्न आवश्यक नीति तथा प्रविधिक व्यवस्था गर्न छलफल भइरहेको छ । तपाईंहरूले गर्ने प्रविधिक कामले नै सुधार ल्याउने छ भन्ने विश्वास छ ।”
विगतको जस्तो रहदानी बनाउन नागरिकले अब धेरै समस्या खेप्नु नपर्ने मन्त्री राणाको दाबी छ । लगानी तथा विकास सम्मेलनमा सहभागी हुन सोमबार धनगढी आउनुभएकी परराष्ट्रमन्त्री राणा शनिबार काठमाडौँ फर्किएको छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ११:०६
तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...
बैशाख २४ गते, २०८३ - १०:५१
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...
बैशाख २४ गते, २०८३ - १०:४१
बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...
बैशाख २३ गते, २०८३ - १७:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...
बैशाख २३ गते, २०८३ - १७:०३
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...
बैशाख २३ गते, २०८३ - १६:५१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...
बैशाख २३ गते, २०८३ - १६:४१
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...
बैशाख २३ गते, २०८३ - १६:०६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...
बैशाख २३ गते, २०८३ - १५:५२
काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...
बैशाख २३ गते, २०८३ - १५:४५
काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...


प्रतिकृया लेख्नुहोस्: