Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

मस्कसँगको सम्बन्ध अब सकिएकाे ट्रम्पकाे घाेषणा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् ।

अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।” टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा हुन्न भनेर सोध्दा उनले अब चाहन्न भने ।  ट्रम्पको टिप्पणी मस्कसँग सामाजिक सञ्जालमा भएको ठूलो विवादपछि आएको बीबीसीले जनाएको छ ।

विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी मस्कले, जसले ट्रम्पको निर्वाचन अभियानमा करोडौँ डलर चन्दा दिएका थिए र ह्वाइट हाउसमा सहयोगी बनेका थिए । तर मस्कले ट्रम्पको कर र खर्च विधेयक ९बिग ब्युटिफुल बिल०को खुल्ला आलोचना गरेपछि दुईबीच यो विवाद सार्वजनिक भएको हो ।

धेरै रिपब्लिकनहरूले राष्ट्रपतिको पक्ष लिएका छन् । उपराष्ट्रपति जेडी भ्यान्सले मस्क अत्यन्तै आक्रमक भएको र उनलाई फेरि पार्टीमा स्वागत गरिने सम्भावना नभएको बताएका छन् ।  भ्यान्सले पोडकास्टर थियो भनसँग कुरा गर्दै मस्कले ठूलो गल्ती गरेको बताए ।

हप्तौँदेखि मस्कले ट्रम्पको कर र खर्च विधेयक ९बिग ब्युटिफुल बिल०को आलोचना गरिरहेका थिए । उनले यो विधेयकले राष्ट्रिय घाटामा खर्बौं डलर थप्ने र सरकारी कार्यदक्षता विभागको प्रमुख भएर उनले गरेको सरकारी खर्च कटौती गर्न काम बेकार हुने भनेका थिए ।

नियुक्ति भएको १२९ दिनपछि डोज छाडेका मस्कले सामाजिक सञ्जाल एक्समा यो विधयेक घिनलाग्दो भएको बताएका थिए । तर ट्रम्पको प्रत्यक्ष आलोचना भने गरेका थिएनन् ।

गत बिहीबार ट्रम्पले मस्कको व्यवहारले निराश परेको बताएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई यौनअपराधको आरोपमा जेलमै मृत्यु भएको वित्तीय अपराधी जेफ्री एप्स्टिनसँग जोडेर आरोप लगाए । तर केही समयपछि यो पोस्ट हटाइएको थियो । पछि एप्स्टिनको वकिलले आरोपको खण्डन गरे । 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्क पागल भएको भनेर पोस्ट गरे भने र मस्कको कम्पनीहरूसँग गरेका सरकारी ठेक्का सम्झौता रद्द गर्ने धम्की दिए ।

अमेरिकी टीभी एनबीसीलाई ट्रम्पले दिएको अन्तर्वार्तामा मस्कले राष्ट्रपतिको पदको अनादर गरेको बताएका छन् ।

यसैबीच, मस्कले अर्को वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्प विरोधीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन् । तर, ट्रम्पले मस्कले डेमोक्रेटहरूलाई समर्थन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिबिराई प्रकरणमा सरकार असफल भएको हर्क सााम्पाङको टिप्पणी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, प्रतिकेजी न्युनतम २२ रुपैयाँदेखी १०० रुपैया सम्म

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...

साफ महिला च्याम्पियनसिप: उपाधिको खोजीमा नेपाली महिला टोलीको तिब्र तयारी

काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका होल्डिङ सेन्टरका सुकुम्वासीको जीवन सहज बन्दै

भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...

तेह्रथुमको ढाका: तानको तालबाट अन्तर्राष्ट्रिय बजारसम्मको यात्रा

तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...

अझै भवनविहीन पालिकाहरू: जग्गा चन्दाबाट, सेवा भाडाकै घरबाट

बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...

अनुदान र सम्झौताले फेरियो खेती : लमजुङबाट १ सय ७५ मेट्रिक टन आलु बजारमा

लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...

घिमिरे दाजुभाइ सम्पर्कविहीन, बचतकर्ताको करोडौँ रकम अलपत्र

काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...

ब्रिटिस राजनीतिमा नेपाली उपस्थिति बलियो, रानाभाट दम्पतीसहित थुप्रै नेपालीमूलका उम्मेदवार विजयी

काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending