Khabar Dabali ७ कार्तिक २०८२ बिहीबार | 23rd October, 2025 Thu
Investment bank

ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेस्थित पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात  रहुन्जेल (यही जेठ २६ देखि २८गतेसम्म)  हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्दछन् । 

जात्रा मनाएको चार दिनदेखि पनौतीमा हुरीबतास चल्छ, अनि वर्षा सुरु हुने मान्यता समेत रहेको छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयवासीसँग अनुभव पनि छ । स्थानीय बुढापाकाको भनाइमा जिल्लाको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । जात्रा सोमबारदेखि सुरु हुँदैछ । अहिले यसको तयारी चलिरहेको छ ।  

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्या:पुन्हीसमेत भन्ने गरिएको हो । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय विकुनारायण ताम्राकार बताउछन् ।

करिब पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।
 
यस्तै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्छ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रूपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ । रथ जुधाईसँगै अबिरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परा रहेको छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिरजात्रासहित रथ जुधाउन तछाडमछाड गर्छन् ।

इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जंगमका अनुसार रथ जुधाईमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषत: काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई दिउँसो जुधाउने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गर्दै आइन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दु:ख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । 

अर्को रोचक प्रसङ्ग, जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवत्रिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम रहेको बताइन्छ । 

किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पावती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ । 

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ«गममा गुप्त रूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाल्पामा जिप दुर्घटना हुँदा १२ जना घाइते

बागलुङ। पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बुटवलबाट बागलुङको बुर्तिबाङका लागि ...

जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले

काठमाडौं। गत २३ भदौमा जेन–जी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउला, प्रदर्शन भड्किएला...

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशसम्म कटौती गर्द...

प्रचण्डको आह्वान : राष्ट्रिय एकता कायम गरी निर्धारित मितिमै निर्वाचनमा जाऔं

ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो

पूर्व राष्ट्रपति बोल्सोनारोको विद्रोह प्रकरणमा सात जनालाई लामो जेल सजाय

ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षस...

लोप हुने अवस्थाको रैथाने कालो सुँगुरको माग धान्नै गाह्रो

गलकोट। केही वर्ष अघिसम्म काठेखोला गाउँपालिका–४, तङ्ग्रामका प्राय: घरमा रैथाने कालो सुँगुर पालिन्थ्यो । अधिकांश मानिसको आम्दानीको श्रोतमा यही कालो सुँग...

गृहमन्त्रीले ममाथि व्यक्तिगत दुस्मनी पालेको छन्: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको बताएका छन् । भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भ...

प्रथम जहदा महोत्सवमा झडप, एक जना गम्भीर घाइते

विराटनगर। सुरक्षा निकायको आग्रह बेवास्ता गर्दै मोरङको जहदा–४, रामचोकमा सञ्चालन गरिएको प्रथम जहदा महोत्सवमा झडप भएपछि स्थानीय प्रशासन आजबाट महोत्सव स्थ...

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बना...

अध्यक्ष ओलीद्धारा आगजनी भएको घरको अवलोकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत २४ भदौमा जेनजी प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेको बालकोटस्थित निजी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending